मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

'नीरा जैले रिसाउनीको' हाईपले पूरानो डुङ्गालाई कति फाईदा ?

फिल्मीखबर, काठमाडौं, 2016/11/23
फिल्म रेशम फिलिली टिमले फिल्मको प्रचारमा धेरै लगानी गर्नुपरेन । 'जालमा' बोलको गीतले फिल्मको हाईप ह्वात्तै बढायो । नेपाली गीत संगीत तथा फिल्मलाई नजिकबाट नियाल्ने कोहि पनि उक्त गीत नसुन्ने भेटिएनन् । 
 
 
'पिरतीको छाता ओढाउन' बोलको गीतले नै फिल्मप्रति दर्शक डोहोर्यायो । भूकम्पको पीडाको बाबजुत पनि फिल्मले एक प्रकारको सफलता हात पार्यो । अहिले यस्तै छ । यो शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म 'पुरानो डुङ्गा'को एक गीत 'नीरा जैले रिसाउनी...' । गीत अअिले जहाँततै गुञ्जिन्छ, धेरैले मन पनि पराए । 
 
गीतकै कारण पनि यो फिल्मले राम्रो हाईप पाईसकेको छ । गीत त रह्यो नै त्यो सँगसँगै फिल्मको अर्को 'प्लस पोईण्ट' फिल्मका स्टारकास्ट छन् । प्रियंका कार्की, दयाहाङ राई लिड अभिनयमा रहेको फिल्म पर्खिने दर्शक राम्रै रहेको सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तीहरु बोल्छन् । 
 
जुनकुनै फिल्ममा समावेश गीत संगीतले पछिल्लो समय  मेरुदण्डको काम गर्ने गरेको छ । गीत हिट भएको खण्डमा दर्शक र समिक्षकले झुर भनेका फिल्म पनि व्यवसायिक हिट छन् । त्यसैले 'पुरानो डुङ्गा'को ईनिसियल विजनेसमा 'नीरा जैले रिसाउनी'को प्रभाव आँकलन गर्न सकिन्छ । तर त्यसपछिको विजनेसमा भने फिल्म कस्तो बनेको छ त्यो बढि महत्वपुर्ण हुनसक्छ ।