मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

'लम्फू' फिल्म टिमबाट तरकारीवालीलाई निः शुल्क छात्रवृत्ती प्रदान

फिल्मीखबर, चितवन, 2016/11/23
तरकारीवालीको रुपमा संसारभर परिचय बनाउँदै भाईरल बनेकी गोरखाकी कुशुम श्रेष्ठलाई स्नातकोत्तर तहसम्म निशुल्क छात्रवृत्ती प्रदान गरिएको छ । 
 
 
कुशुम अध्ययनरत चितवनको रत्ननगरस्थित क्वेस्ट मोडल कलेजमा एक कार्यक्रम आयोजना गरी नेपाली चलचित्र निर्माता कम्पनी पपुलर मल्टी मीडियाले कक्षा ११ र १२ को लागि क्वेस्ट कलेजसँगको सहकार्यतामा छात्रवृत्ती प्रदान गरिएको हो । त्यस्तै, काठमाण्डौको बबरमहलस्थित नेपाल मेघा कलेजको सहकार्यतामा स्नातक र स्नातकोत्तर तहमा अध्ययनको पूर्ण छात्रवृत्ती प्रदान गरिएको हो ।
 
शिक्षण शूल्क तथा छात्रवृत्ती प्रदान कार्यक्रममा काठमाण्डौबाट पपुलर मल्टी मीडियाका अध्यक्ष शक्ति बल्दव घोरासैनी, पपुलर मल्टी मीडियाले बनाउँदै गरेको चलचित्र ‘लम्फू’का निर्देशक गोपाल चन्द्र लामिछाने, चलचित्र निर्माता पुनम क्षेत्री गौतम, कलाकार सञ्जीत भण्डारी, बरिष्ठ साहित्यकार एल.बि. क्षेत्री, कुशुम श्रेष्ठका काका गोपिलाल श्रेष्ठ, क्वेस्ट मोडल कलेजका प्रिन्सिपल जगदिस चन्द्र शर्मा लगायतको उपस्थिती थियो ।
 
छात्रवृत्ती पाईसकेपछि तरकारीवाली तथा कुशुम श्रेष्ठले आफ्नो लागि यो सहयोग अतुलनिय रहेको बताईन् । ‘यो सहयोग मेरो लागि अतुलनिय छ । उहाँहरुको चाहना अनुरुप मैले उच्च शिक्षा प्राप्त गर्न निरन्तर मेहनत गर्नेछु । अहिले मेरो प्रमूख प्राथमिकता भनेको अध्ययन नै हो’ । ‍उनले आफु निम्न आर्थीक अवस्थामा रहेको समयमा यो सहयोग निकै ठुलो रहेको बताईन् । ‘उच्च शिक्षासँगै देशको नाम पनि राखेर मेरो देशको र मेरा बाबा-आमाको सपना साकार पार्नेछु’ कार्यक्रममा बोल्दै उनले भनिन् ।
 
आयोजक तथा पपुलर मल्टी मीडियाका अध्यक्ष शक्ति बल्दव घोरासैनीले उनको पढ्ने चाहनालाई केहि सहयोग गर्न पाउँदा खुशी लागेको बताए । ‘हामी अत्यन्तै खुशी छौँ । पेशा जुनसुकै अँगालेपनि उच्च शिक्षाले नै उनको भबिष्य निर्धारण गर्छ । यसकारण पनि हामीले उनलाई उच्च शिक्षाको छात्रवृत्ती प्रदान गरेका हौँ’, घोरासैनीले बताए ।
 
नेपाल चलचित्र निर्देशक समाजका महा-सचिव तथा चलचित्र निर्देशक गोपाल चन्द्र लामिछानेले कुशुमलाई आफुले ‘लम्फू’ चलचित्रमा उनलाई सुहाउने गरी एक भूमिका रहेकोले अफर गरेको बताए । ‘कुशुमलाई सुहाउने भूमिकामा हामीले अफर गरेका थियौँ तर उहाँले पहिले पढ्ने मनसाय व्यक्त गर्नुभयो । पहिले शिक्षा र पछि जुनसुकै क्षेत्र रोज्न सक्ने भनेपछि हामीले उनलाई छात्रवृत्ती दिने बारेका निर्णय गरेका हौँ’ निर्देशक लामिछानेले भने, ‘उनको उच्च शिक्षाको लागि यो हाम्रो सानो सहयोग हो’ ।
 
चलचित्र निर्माता पुनम क्षेत्री गौतमले अवसर आयो भन्दैमा हाम फाल्न पनि नहुने र अवसरलाई नबुझी लत्याउन पनि नहुने बताईन् । गौतमले कुशुमले चाहेको खण्डमा मोडलिङ् क्षेत्रमा आफुले सहयोग गर्ने प्रतिवद्दता जनाईन् ।
 
केहि समय अगाडी कुशुमले तरकारी बोकेर हिँडिरहेको अवस्थामा खिचिएका दुई तस्वीर संसारभर भाईरल बनेका थिए । उनका फोटोमा ‘तरकारीवाली’ ट्याग लगाउँदै विश्वभरका करोडौँ मानिसले सामाजिक सञ्जालहरुमा शेयर गरेका थिए ।
 
स्मरण रहोस्, निर्माणाधिन चलचित्र ‘लम्फू’को लागि एक भूमिकामा कुशुमलाई अभिनयको अफर पनि गरिएको थियो तर, कुशुमले आफुले पहिलो प्राथमिकता अध्ययनलाई दिएको भन्दै अस्विकार गरेकी थिइन् । उनले एक साप्ताहिक पत्रिकाको लागि ब्लोअप फोटो खिचाएपछि आलोचनाको पात्र पनि बनेकी थिइन् ।
चितवन पुगेका पत्रकार जीवन पराजुलीको सहयोगमा