Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानको विरुद्धमा कट्रिना

एजेन्सी, मुम्बई, 2016/11/22
वलिउडको राम्रै हिट जोडी हो, सुपरस्टार सलमान खान र कट्रिना कैफको जोडी । एकसाथ पर्दामा आउँदा दर्शकले राम्रै मन पराए । ययी दुई स्टार कलाकारबीच प्रेमको चर्चा पनि मिडियामा राम्रै बन्यो धेरैले कट्रिनालाई सलमानको हिरोईनको रुपमा समेत व्याख्या गरे । 
 
अब भने एकसाथ देखिने भए पनि सलमानको चिरुद्धमा कट्रिना देखिने चर्चा सुरु भएको छ । वलिउड अनलाईन कोईमोई डटकमले लेखे अनुसार २०१२ मा रिलिज कबिर खानको फिल्म 'एक था टाईगर'को सिक्वेल भनिएको 'टाईगर जिन्दा है'मा नेगेटिभ भूमिकामा कट्रिना देखिने कुरामा भित्रभित्रै सहमति भईसकेको छ । 
 
एक था टाईगरमा सलमान र कट्रिना एकसाथ देखिएका थिए । भारतको वर्तमान राजनीतिक कहानीलाई समेट्ने गरी बन्न लागेको भनिएको फिल्म २०१७ को क्रिसमसमा रिलिज गरिने घोषणा समेत गरिसकिएको छ ।
Most Visited News (monthly)