Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.00/5.00)
Text size:-
+
-

माघमा आउँदैछन् निखिलका दुई फिल्म, घाटा निर्माता कि निखिललाई ?

फिल्मीखबर, काठमाडौं, 2016/11/22
 
एक्शन स्टारको छबी बनाएका स्टार अभिनेता निखिल उप्रेती लामो समयसम्म पर्दामा आएका छैनन् । गत बर्ष तिहारको छेकोमा प्रदर्शनमा आएको फिल्म 'लुटेरा'पछि निखिल अहिलेसम्म दर्शकमाझ छैनन् । 
 
यो बीचमा बर्ष २०७३ को उत्तरार्धतिर निखिलका फिल्म 'ब्याक टु ब्याक' आउने पक्का छ । जसको केहि घाटा निखिललाई मात्र होईन उनका निर्माताहरुलाई समेत पुग्नसक्छ । माघे सक्रान्तिको छेकोमा निखिल स्टारर फिल्म 'किङ' रिलिजको लागी तयार छ । निर्माण टिमले टिजर समेत सार्वजनिक गरिसकेको छ । 
 
यस्तै सोहि महिना अर्थात माघको २८ गते निखिलको अर्को फिल्म 'निर्भय' पनि रिलिज हुँदैछ । 'किङ' भन्दा पनि पहिले नै रिलिज तय गरेको निर्भय निर्माण युनिटलाई 'किङ'को सफलता र असफलताले प्रभाव पार्नसक्छ, तर राम्रो बनेको खण्डमा एक दुई हप्ताको बीचमा हल पुगेर फिल्म हेर्ने दर्शक भने नेपालमा बनिसकेका छन् । 
 
निखिल र नीता ढुङ्गाना स्टारर उक्त फिल्म निर्देशक मधुसुदन भट्टराई फिल्मको कन्टेन्ट तथा मेकिङ स्ट्रोङ्ग भएको कारण दर्शकको साथ मिल्नेमा आशावादी छन् ।
 
त्यसो त लगातार पर्दामा आउँदा एक फिल्म सफल बनेर अन्य असफल भएका दयाहाङ राईहरुका फिल्मको जस्तो निरन्तरता निखिलमा पनि देखियो भने उनका भविष्यमा आउने फिल्मलाई पनि असर पर्नसक्छ । यो बर्ष नै निखिल स्टारर 'संरक्षण' पनि रिलिजको चर्चा छ भने 'राधे' बर्षान्तमा रिलिज हुँदैछ । 
Most Visited News (monthly)