Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लगातार फ्लप सुचीमा अमेरिका र अष्ट्रेलिया खिचेका तीन फिल्म

फिल्मीखबर, काठमाडौं, 2016/11/21
भनिन्छ, विदेशमा खिचेका फिल्ममा मेकिङ देखिन्छ, लोकेशन देखिन्छ त्यसैका कारण सौन्दर्यता देखिन्छ । देश बाहिर खिचेका केहि फिल्मले यो प्रकारको छाप पनि छाडेका छन् । विदेशी सुन्दरता पनि झल्काएका छन् । तर विदेशमै खिचेका धेरै नेपाली फिल्म वक्सअफिसमा भने सफल छैनन् । 
 
तश्विरमा उल्लेखित तीन फिल्म भित्रका दृश्य (दायाँबाट सफर, दि विनर र जंगबहादुरको कोट)
 
पछिल्लो उदाहरण बने दुई महिनाभित्र प्रदर्शन भएका तीन नेपाली फिल्म । दशैंको पहिलो हप्ता प्रदर्शनमा आयो अमेरिकामा खिचिएको फिल्म 'सफर' । यो फिल्मले पानी पनि भन्न पाएन् । मल्टिप्लेक्स तार्गेटेड भनेर प्रचार गरिए पनि सिंगल स्कृन तथा मल्टिप्लेक्स कहिँ कतै दर्शक पुगेनन् । 
 
यस्तै कार्तिकमा मात्रै दुई फिल्म प्रदर्शनमा आए 'दि विनर' र 'जंगबहादुरको कोट' । यी दुबै फिल्ममा धेरै दृश्य अष्ट्रेलिया खिचिएको छ । 'विनर'का केहि दृ्श्यमा दुबईको सुन्दरता पनि जोडिएको छ । राम्रै हल्ला र चर्चा गरिए पनि 'दि विनर'ले लगानी उठाउन सकेन् । 'जंगबहादुरको कोट'को त हिसाब समेत गिन्तीमा समेत नआउने छ । 
 
विदेशी भूमिका खिच्दा लगानी पनि राम्रै लाग्छ । नेपालमा खिच्दा भन्दा तुलनात्मक रुपमा धेरै । तर लगानी गर्दैमा र देश बाहिर खिच्दैमा अनि दर्शक झूक्याउने ट्रेलर फाल्दैमा सफलता हासिल हुन्न भन्ने उदाहरण उल्लेखित तीन फिल्मले छाडेका छन् भने अर्को तर्फ विदेशी फिल्म स्टाईलको ट्रेलर फालेर पनि नेपाली दर्शक झुक्किन्नन् भन्ने कुरा पनि प्रमाणित भएको छ । 
Most Visited News (monthly)