Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेफ्टा अवार्डमा नाच्दैछन् यी कलाकार, सोमबारबाट रिहर्सल सुरु

फिल्मीखबर, काठमाडौं, 2016/11/21
अर्को महिना अर्थात पौष पहिनाको ८ गते युएईको दुबईमा हुन गईरहेको फिल्म अवार्ड 'नवौं नेफ्टा अवार्ड'को लागी रिहर्सल सुरु भएको छ । सोमबारबाट राजधानीको नाचघरमा सुरु भएको रिहर्सलमा अवार्डमा प्रस्तुती दिने कलाकारहरुले अभ्यास कक्षा थालेका हुन् । 
 
 
अबको केहि दिन बीस बराबर कलाकारहरुले दुई सातासम्म राष्ट्रिय नाचघरमा रिहर्सल गर्नेछन् । नेपाली सिनेमाका हिट गीतहरुमा कोरियोग्राफर शंकर विसी र नरेशवीर सिंहले कलाकारहरुलाई नचाउनेछन् । 
 
राजेश हमाल, करिश्मा मानन्धर, नम्रता श्रेष्ठ, प्रियंका कार्की, संचिता लुइँटेल, निखिल उप्रेती, नाजिर हुसेन, सलोन बस्नेत, नम्रता सापकोटा, जेविका कार्की, रोहित रुम्बा, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही, पूजा शर्मा, रीस्ता बस्नेत, साम्राज्ञी शाह, माला लिम्बु, पल शाहसहित दुई कोरियोग्राफरले नृत्य प्रस्तुत गर्नेछन् । 
 
 
पछिल्लो वर्ष रुचाइएका गीतहरु 'रा जैले रिसाउने' सुर्के थैली, पूर्वपश्चिम रेल, म यस्तो गीत गाउँछु, हारेँ हारेँ, ब्लास्ट हुनेवाला छ मेरो जवानी, झकास झापाली लगायतका गीतमा नृत्य प्रस्तुत गरिने भएको छ । अभिनेत्री करिश्माले तीन गीतमा नृत्य प्रस्तुत गर्दैछिन् । 
 
अध्यक्ष पुष्कर लामाले अवार्ड नजिकिँदै आइरहेकाले तीव्र तयारीमा नेफ्टा जुटेको बताए ।‘अवार्डलाई स्तरिय बनाउन कुनै कसर बाँकी राख्दैनौं’ उनले भने । 
 
 
दुबईको अल नासार लिजरल्यान्डस्थित आइस रिङ्कमा भव्यतापूर्वक अवार्ड हुँदैछ । उक्त हलमा यसअघि भारतका क्षेत्रिय सिनेमाहरुले ठूला अवार्ड सम्पन्न गरिसकेका छन् । सयभन्दा बढी कलाकार, प्राविधिक, फिल्मकर्मी र पत्रकारको टोली दुबई लगिने अध्यक्ष लामाले बताए । 
 
 
यसपटक टोलीमा तीन दशकदेखि सक्रिय बरिष्ठ प्राविधिकलाई स्थान दिइएको छ । वर्ष ०७२ मा रिलिज भएका फिल्म सहभागि अवार्डमा २८ विधा समावेश छन् ।
Most Visited News (monthly)