Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तुलसी घिमिरेले भावुक हुँदै भने, ' किन मेरो परिचय नेपालमा भारतीय, भारत जाँदा नेपाली' ?

फिल्मीखबर, काठमाडौं, 2016/11/20
नेपाली फिल्म उद्योगको लागी निर्देशक तुलसी घिमिरे स्थापित नाम हो । नेपाली फिल्म हेर्ने जो कोहिले पनि तुलसी घिमिरे नचिन्ने छैनन् सायद । एक समयका हिट निर्देशक घिमिरे पछिल्लो पटक दशक पहिलेको फिल्म 'दर्पणछायाँ २' मार्फत पुनरागमन गर्दैछन् । 
 
यो बीचमा उक्त फिल्मको प्रचार सामग्री सार्वजनिक कार्यक्रममा मिडियासँगको औपचारिक तथा अनौपचारिक कुराकानीमा घिमिरे केहि भावुक देखिए । 'तपाईंको प्राय फिल्ममा नेपाल भारत सम्बन्धको कुराहरु जोडिन्छ किन ? भन्ने प्रश्वमा जवाफ दिँदै उनले भने, 'नेपाल आउँदा म भारतिय, भारत जाँदा म नेपाली' किन ?
 
तर यो कुरा गर्दै गर्दा यसमा आफुलाई कुनै गुनासो नभएको समेत उनको भनाई छ । फिल्ममा यो प्रकारको कन्टेन्ट किन जोडिन्छ भन्ने प्रश्नमा 'नर्थ ईष्ट'मा नेपाली फिल्मको राम्रो दर्शक रहेको कारण पनि आफु काठमाडौं र सिक्किम गरिरहने हुनाले यो प्रकारको कन्टेन्ट जोडेको दाबी उनको छ । दर्पणछायाँ २ पनि यसैको सेरोफेरोमा घुमेकोउनको भनाई छ । 
 
घिमिरेसँगको भिडियो कुराकानी यहाँ हेर्नुहोसः 
 
Most Visited News (monthly)