Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लण्डन पुगेर दयाहाङले राखे प्रियंकालाई प्रेम प्रस्ताव !

फिल्मीखबर, काठमाडौं, 2016/11/20
 
अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीको जोडी पर्दामा राम्रै फिट छ अनि हिट छ । अभिनय यात्रा चलिरहँदा दया र प्रियंकाको प्रेमको अनि निकटताको चर्चा पनि गसिप बजारमा राम्रै चर्चामा रहन्छ । 
 
 
यो बीचमा यतिबेला लण्डनमा रहेको यो जोडीबीच प्रेमको कुरा चलेको छ । लण्डन पुगेरै दयाले रातो गुलाफसहित प्रियंकालाई 'आई लभ यू' बोलेका छन् । तर धेरै नसोच्नु, यो कुरा रियलमा नभई रिलमा नै हो । मिलन चाम्सको निर्देशनमा लण्डनमा छायाँकनरत फिल्म 'ह्याप्पी डेईज' को एक दृश्यको लागी दयाले प्रियंकालाई प्रेम प्रस्ताव राखेका थिए । 
 
 
मिलन चाम्सले निर्देशन गरिरहेको चलचित्र ‘ह्याप्पी डेज’को यतिबेला बेलायतका धमाधम छायाँकन चलिरहेको छ । फिल्मका लिड कलाकार भनेकै दया र प्रियंका हुन् ।
 
सबै दृश्य बेलायतमै खिचिने फिल्मको छायाँकन अझै एक महिनाजस्तो चल्ने बताईएको छ । फिल्मको अनुमानित बजेट १ करोड ७० लाख रहेको छ । अहिले क्याम्बर्ली, रिडिङ, फार्नबोरो लगायतका स्थानमा फिल्मको छायाँकन चलिरहेको बताईएको छ ।
Most Visited News (monthly)