'ड्रिम्स' डेब्यू गर्ल साम्राज्ञराज्य लक्ष्मी शाहको आज जन्मदिन । विकिपिडियालाई आधार मान्दा आज अर्थात नोभेम्बर १८ तारिखदेखी साम्राज्ञी २१ बर्ष पुगेकी छिन् ।
२०१४ को नोभेम्बर १८ अर्थात दुई बर्ष पहिले आजकै दिन 'फेस अफ क्लासिक डायमण्ड ज्वेलर्स फेशन' प्रतिस्पर्धामा सेकेण्ड रनर अप भएपछि मोडलिङ यात्रा औपचारिक रुपमा सुरु गरेकी साम्राज्ञीले केहि म्युजिक भिडियो पनि गरिसकेकी छिन् भने गत बर्ष रिलिज 'ड्रिम्स' फिल्मबाट उनले नेपाली रजतपटमा डेब्यू गरेकी हुन् ।
पहिलो फिल्मबाट नै अभिनयमा पाएको तारिफ अनि त्यसयता सम्पन्न अवार्ड कार्यक्रमको उत्कृष्टताले साम्राज्ञीलाई हटकेक बनायो । सोसोयल मिडियामा उनको अहिले पनि राम्रो फ्यान फ्लोईङ छ ।
नेपाली फिल्म उद्योगकी आशाकी तारा मानिएका उनले दोश्रो फिल्मको रुपमा झरना थापा निर्देशित फिल्म 'ए मेरो हजुर २' गरेकी छिन् भने तेश्रो प्रोजेक्टको रुपमा शिशिर राणाको प्रोजेक्ट 'साथीसँग' गर्दैछिन् ।
यहाँ हेर्नुहोस 'ए मेरो हजुर २' मा बोल्ड अबतारमा देखिएकी बोल्ड साम्राज्ञी ।



