मिडियामा सधैं चर्चाको विषय बन्छ, गायिका तथा अभिनेत्री समेत रहेकी कोमल वलीको विवाहको प्रसंग । उमेर टन्नै हुँदासम्म पनि अबिबाहित कोमल वली दर्शकमाझ शुभचिन्तकमाझ पुग्दा छिट्टै बिहे गर्दैछु भन्दै टार्छिन अनि भगवानसँग पति पाउँ भन्दै गीत गाउँछिन् ।

तश्विरः महेश्वरमान सिंह
यो बीचमा एक फिल्म हलमा पुग्दा यस्तो दृश्य देखियो, अविवाहित कोमलले एक १५ बर्षे किशोरलाई घुँडा टेकेरै प्रेम प्रस्ताव राखिन् ! कोमलको प्रेम प्रस्ताव प्राप्त गर्ने अरु कोहि थिएनन्, निर्देशक समेत रहेका सञ्चारकर्मी सुब्रत आचार्यका पुत्र साईब्रत आचार्य थिए ।
भर्खर १५ बर्ष पुगेका सुब्रत पुत्र साईब्रतले लिड रोलमा रहेर अभिनय गरेको फिल्म 'छायाँ'को स्पेशल स्कृनिङमा यो दृश्य बनेको थियो, जहाँ विशेष निम्तो स्विककार गर्दै कोमल वली पनि उपस्थित थिईन् ।
भुईंमा बसेरै साईब्रतको हात समाएकी कोमलको यो दृश्यले राम्रै गसिप जन्मायो पनि । कोमलको प्रस्तावमा साईब्रत हाँसे मात्रै । ख्याल ठट्टा जस्तो गर्दै कोमलले हल प्राङ्गणमै साईब्रतको हात माग्दा कोहिको अनुहारमा हाँसो छुट्यो त कोहि वाउ कोमल वली भन्दै देखिन्थे ।
यो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'छायाँ'लाई मनोज पण्डितले निर्देशन गरेका हुन् । वाल मनोविज्ञानको कथा बोल्ने फिल्ममा साईब्रत लिड अभिनयमा छन् ।
(गसिप)

