सञ्चितासँग छिट्टै विशेष फिल्म मार्फत पर्दामा आउँछु', 'तपाइले आफै फिल्म बनाईरहनु भएको छ, तर धर्मपत्नि अभिनेत्री सञ्चिता लुईंटेललाई किन समेट्नुभएको छैन्' भन्ने प्रश्नमा अभिनेता निखिल उप्रेतीले दिएको जवाफ हो यो ।
घर मै राम्रै कला बोकेकी हिरोईन हुँदा नयाँ हिरोईन खोज्दै निखिल हिडेको भन्ने प्रश्नको जवाफमा निखिलले आफुले बनाईरहेका फिल्मको विषवस्तु केहि फरक भएको कारण अनि योङस्टार आवश्यव भएको कारण मात्र त्यसो भएको भन्दै सञ्चितासँग फिल्म नखेलेको भन्ने कुरा गलत भएको बोले ।
निखिलले सञ्चितासँग गर्ने प्रोजेक्ट पनि पाईपलाईनमा रहेको भन्दै दर्शकको प्रतिक्षा अब धेरै टाढा नरहेको समेत बताएका छन् ।
पछिल्लो निर्देशकिय फिल्म 'भैरव' को पनि सिक्वेलको पनि तयारी चलिरहेको भन्दै उनले अहिले भने पुर्णतः समय 'रुद्र'को लागी खर्चेको बताए । रुद्रमा निखिल निर्माता अनि खलपात्रको भुमिकामा प्रस्तुत हुँदैछन् ।

