पछिल्लो समय ड्रेसअपका कारण पनि राम्रै चर्चा अनि गसिपकी पात्र बनिरहेकी प्रेमगीत अभिनेत्री पूजा शर्मा क्यामेरा अघि राम्रै खुल्छिन् । बेला बखत कन्ट्रोभर्सीमा समेत परिरहने यी अभिनेत्री यो विकेण्डमा थाईल्याण्डमा मस्ती गरिरहेकी छिन् ।
.jpg)
पूजाले फेसबुकमा सेयर गरेका तश्विरमा उनलाई थाइल्याण्डको समुन्द्री किनारमा (टु पिस) बिकिनी अबतारमा देख्न सकिन्छ । साथीसँग मस्ती गरिरहेकी पूजाको हट अबतारलाई २ हजार बराबर फ्यान तथा सुभचिन्तकहरुले लाईक गरेका छन् भने कमेन्ट पनि उस्तै छ ।
.jpg)
पछिल्लो समय 'म यस्तो गीत गाउँछु' फिल्मको तयारीमा रहेकी पूजा फिल्म फ्लोरमा जानु पहिले थाईल्याण्ड पुगेकी हुन् । उक्त फिल्ममा पल शाहसँग अनस्कृन रोमान्स पूजाले गर्दैछिन् भने निर्देशन सुदर्शन थापाले गर्दैछन् ।

तश्विरः फेसबुक

