शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'जात्रा'ले बम्पर ओपनिङ गरेको छ । रिलिजको दोश्रो दिन फिल्मले मल्टिप्लेक्समा हाउसफुल विजनेस गरकेो छ ।

क्युएफएक्स तथा बिग मुभिजमा फिल्मको शनिबारको अकुपेन्सी शत प्रतिशत देखिएको छ । सो समाचार तयार पार्दासम्म रात्री शो हरुको समेत सबै टिकट बिक्री भईसकेको छ भने एफक्यूवमा पनि उस्तै अवस्था छ । फिल्मप्रति दर्शकको राम्रो चाप देखिएको छ । हेर्ने सबै दर्शकले तारिफ समेत गरेका छन् ।
समिक्षक तथा दर्शक अनि फिल्म सुभचिन्तक सबैतिरबाट प्रिमियरदेखी च्यारिटी अनि पहिलो दिनमा राम्रो प्रतिक्रिया पाएको फिल्मको वर्ड अफ माउफ उच्च भएको कारण शनिबारबाट यो प्रकारको विजनेसले निरन्तरता पाउने अनुमान लगाउन सकिन्छ ।
शुक्रबार पनि राजधानीमा मल्टिप्लेक्सहरुमा बिहानी शो मा ६० प्रतिशत तथा रात्री शो मा ८० प्रतिशतको आसपासमा अकुपेन्सी पाईएको थियो । सिंगल स्कृनमा पनि फिल्मलाई दर्शकले राम्रो साथ दिएका छन् ।
'जात्रा'ले पैसाको कारण मानिसको जीवनमा आईपर्ने समस्या तथा त्यसलाई प्राप्त गर्न गर्नुपरेको संघर्षको कथ बोल्छ । प्रदिप भट्टराईले निर्देशन गरेको फिल्ममा रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, विपिन कार्की, बर्षा राउत लगायत लिड अभिनयमा छन् ।

