मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'दिपज्योती'मा खुश्वुको एक्शन अबतार

फिल्मीखबर, काठमाडौं, 2016/11/11
फिल्म तथा म्यूजिक भिडियोमा एकसाथ जमिरहेकी अभिनेत्री खुश्वु खड्काले पछिल्लो पटक फिल्म 'दिपज्योती' सकाएकी छिन् । यसअघि गाउँले युवतीको भुमिकामा तथा प्रेमकथाका फिल्म गरेकी खुश्वुले यो पटक एक्शनको स्वाद दर्शकलाई दिनेछिन् । 
 
 
 दर्जनबढि फिल्म गरिसकेकी खुश्वुले भनिन्, 'पहिलो पटक एक्शन अबतारमा दर्शकमाझ आउँदैछु, महिला एक्शनको जुनकुरा दर्शकलाइ केहि नयाँ लाग्ने विश्वास छ ।' प्रेम त जहाँकहिँ जोडिईहाल्छ, प्रेमको लागी आवश्यक त्याग तथा त्यससँगै उत्पन्न परिस्थितीले निम्त्याउने द्वन्द्वको वरिपरी फिल्म घुमेको छ । 
 
फिल्म 'दिपज्योती'मा खुश्वुसँगै रजनी केसी, सरोज खनाल, निर शाह, प्रमोद द्विप, पुश्कर रेग्मी, दिपेन्द्र कोईराला, सुमित थापा, प्रिती बुढाथोकी लगायतको अभिनय छ । फिल्मलाई यो बर्षभित्रै रिलिज गर्ने तयारीमा निर्माण टिम छ ।
 
एनपी फिल्मस् को व्यानरमा बनेको फिल्मलाई नारायण मैनालीले निर्देशन गरेका छन् भने कमल मैनाली सल्लाहकार निर्देशकमा छन् । यो फिल्ममा रामजी लामिछानेको नृत्य तथा  सम्राट बस्नेतको द्वन्द्व समावेश छ । राहुल राईले फिल्म खिचेका छन् ।