मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'लालटिन' लिरिकल गीतमा प्रियंकाको हट चमेली अबतार (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/11/11
फिल्म 'लालटिन'मा समावेश 'चमेली' वोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक पार्टी गीतमा अभिनेत्री प्रियंका कार्की फिचरिङमा छिन् । 
 
गीतमा समावेश स्टिल तश्विरमा प्रियंकाको हट अबतार भेट्न सकिन्छ । फिल्मको अडियोले राम्रो चर्चा पाइसकेको छ । किरण माइकलको संगीतमा आस्था राउतको स्वर गीतमा समावेश छ ।  कविराज गहतराजले क्लब स्टेपलाई गीतमा उतारेका छन् । 
 
देवकुमार श्रेष्ठ निर्देशित फिल्म चैत १८ गते रिलिज हुँदैछ । प्रियंकासहित दयाहाङ राई, केकी अधिकारी, भानुप्रताप अर्जुनजंग शाही, ए गुरुङ, निर्जन थापा, राज कट्वाल लगायतको अभिनय छ । 
 
अनिम श्रेष्ठ र राज केसीको निर्माण, मनोजराज भण्डारी र दीपक श्रेष्ठका सहनिर्माण रहेको फिल्मलाई एक्सन र थ्रीलर जानरामा राखिएको छ । फिल्मका प्रस्तुतपर्ता भानुप्रताप हुन् ।