मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुटिङ पहिले नै ४५ लाख एमजीमा बिक्यो 'ग्याङ्गस्टार ब्लूज', रिलिज मिति घोषणा

फिल्मीखबर, काठमाडौं, 2016/11/10
आउँदो माघ महिनाबाट मात्रै फ्लोरमा जान लागेको फिल्म 'ग्याङ्गस्टार ब्लूज' सुटिङ पहिले नै ४५ लाख मा बिक्री भएको छ । फिल्मको उपत्यका बाहिरको प्रदर्शन अधिकारी वितरण कम्पनि डिसिएनले ४५ लाख एमजीमा किनेको हो । 
 
:निर्माता सरोज न्यौपाने तथा निर्देशक हेमराज बिसी
 
निर्माता सरोज न्यौपानेले खुशी व्यक्त गर्दै ४५ लाख एमजीमा मोफसलको प्रदर्शन अधिकार डिसिएनलाई बिक्री गरेको खुलाए । हिट निर्देशकको छबि बनाएका हेमराज बिसी तथा प्रमुख कलाकारहरु तथा स्कृप्ट माथी नै संभावना व्यक्त गर्दै डिसिएनले उक्त रकम आफुहरुलाइ दिएको दाबी निर्माता न्यौपानेको छ । 
 
 
त्यसो त निर्देशक बिसी आफैमा फिल्मका निर्माता समेत हुन् । फिल्ममा आना शर्मा, आशिरमान देशराज, गौरव पहाारी, प्रशान्त ताम्राकार लगायत लिड अभिनयमा हुनेछन् । नेपाली फिल्म उद्योगको लागी उदाउँदो नक्षत्रको रुपमा आशा गरिएका आशिरमानको लागी यो फिल्म डेब्यू हुनेछ । 
 
यसैबीच फिल्मको रिलिज मिति समेत सार्वजनिक गरिएको छ । माघमा फ्लोरमा जाने फिल्मको सम्पुर्ण काम सकिने संभावित समय तय गर्दै निर्माण कम्पनि बिसी मोशन पिक्चर्सले अर्को बर्षको भदौ २३ लाई प्रदर्शनको मिति समेत तय गरिएको छ ।