मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'जात्रा' रेड कार्पेट प्रिमियर, दर्शकबाट तारिफको बर्षा

फिल्मीखबर, काठमाडौं, 2016/11/10
शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म 'जात्रा'को बुधबार राजधानीमा रेड कार्पेट प्रिमियर गरिएको छ । जय नेपाल हलमा गरिएको प्रिमियरमा फिल्म सेलेब्स तथा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिती थियो । 
 
 
प्रदिप भट्टराई निर्देशित फिल्मले प्रिमियरमा सुखद प्रतिक्रिया पाएको ढ । डेब्यू निर्देशनमा भट्टराईले गरेको कामको निकै राम्रो तारिफ पाईएको छ । फिल्म हेर्ने दर्शकहरु २ घण्टा २६ मिनेट लामो फिल्म हेर्दा दर्शकलाई हरेक समय पर्दामा हेरिरहन बाध्य बनाएको फिल्ममा सबैजसो कलाकारको अभिनय प्रशंसा योग्य देखिएको छ । 
 
 
पशुपतिप्रसादबाट यसैपनि हनुमान पात्रबाट हिट निर्माता समेत रहेका रविन्द्रसिंह बानियाँको काम तथा भस्मे डन उर्फ विपिन कार्की तथा मधेशी पात्रको भुमिका निभाएका रविन्द्र झाको काममा खोट लगाउने कहिँ ठाउँ नै देखिएको छैन् भने अभिनेत्री बर्षा राउत तथा वाल कलाकारको सम्म अभिनयले उच्च तारिफ भेटेको छ ।
 
 
थियटरमा राम्रो अभिनय गर्ने हुँदाहुँदै पनि फिल्ममा नदेखिएका रविन्द्र झाले 'नाई'को रुपमा निभाएको भुमिकाले स्थापित भइसकेका मधेशी पात्रहरुलाइ समेत राम्रो च्यालेञ्ज दिने निश्चित छ । पहिलो फिल्मबाट नै उता निर्देशक भट्टराईले समेत एक्शन कटमा ठुलो सम्भावना देखाएका छन् ।
 
 
यसैबीच बुधबारबाट नै फिल्मको अग्रिम बुकिङ सुरु भएको छ । क्यूएफएक्सले फिल्मलाइ नौ शो दिएको छ । अनलाईनबाट दर्शकहरुले फिल्मको टिकट बुकिङ सुरु गरिसकेका छन् ।