मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लोकतान्त्रिक फिल्मकर्मी एक ठाउँमा, सापकोटाको संयोजकत्वमा समिति गठन

फिल्मीखबर, काठमाडौं, 2016/11/10
 
लोकतन्त्रप्रति आस्थावान फिल्मकर्मीहरु एकजुट भएक छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच कांग्रेस युवा नेता तथा वनमत्री शंकर भण्डारीको प्रमुख आतिथ्यतामा नेपाल लोकतान्त्रिक चलचित्रकर्मी संघको गठन गरिएको छ । 
 
 
नव स्थापित संघको संयोजकमा सेन्सर वोर्ड सदस्य समेत रहेका सन्दिप सापकोटा संयोजकमा चयन भएका छन् भने अन्य १८ जनालाई सदस्यमा राखिएको छ । छिट्टै नै केन्द्रिय रुपमा चयन भएको उक्त संघको कार्य विभाजन हुने बताईएको छ ।
 
नव गठित संघको सदस्यहरुमा रुपा राना, जनकदीप पराजुली, प्रदीप दाहाल, सुस्मिता कार्की, अनन्त तिमल्सिना, गोविन्द शाही, सुव्रत आचार्य, अनमोल शर्मा, ऋषी लामिछाने, योगेन्द्र श्रेष्ठ, आयूष रिजाल, बैकुण्ठराज पराजुली, सिपी पौडेल, योगेश घिमिरे, बसन्त पोख्रेल, स्वस्तिका सिलवाल, गीता अधिकारी छन् । 
 
 
नेपाली कांग्रेसको भातृ संगठन, नेपाल सास्कृतिक संघको शुभेक्छुक संस्थाको रुपमा रहने गरी स्थापित संघ कलाकारहरुको हकहितमा सधै लागी पर्ने संयोजक सन्दिप सापकोटाले बताए । 'नेपाली चलचित्र क्षेत्रले ६५ बर्ष पुरा गरेपनि अहिलेसम्म कलाकारहरुको अवस्था जस्ताको त्यस्तै रहेको भन्दै सापकोटाले चलचित्रकर्मीलाई राज्यले हेर्ने दृष्ट्रीकोणमा नआएको परिवर्तनलाई सकारात्मक बनाउन समेत आफु र संघको आग्रसरता रहने बोले । 
 
चलचित्रकर्मीलाई राजनीतिक पार्टीले अथवा राज्यले जहिले पनि परिआएको बेला शुभ कार्यमा बाजा बोकी अघि लगाउने एउटा झुण्डको रुपमा मात्र हेर्ने गरेको छ, यस किसिमको दृष्ट्रीकोणमा परिवर्तन हुन एकदमै आबश्यक छ ।' सापकोटाले भने । 
 
सांस्कृतिक संघ तथा महामन्त्री रहेका मनोज केसी, संयोजकम चयन सापकोटा लगायतको पहलमा संघ गठन भएको हो ।
 
उता कार्यक्रमको प्रमुख अतिथी रहेका मन्त्री भण्डारीले  'सरकारले कलाकारहरुका लागी जसरी बजेट देखी अन्य कुरामा साथ सहयोग गर्नुपर्ने भएपनि त्यो नदेखिएको भन्दै परि आएको खण्डमा कलाकारहरुलाई जस्तो सुकै सहयोग तथा सुविधा उपलब्ध गराउन आफ्नो पहलकदमी हुने धारणा राखे ।
 
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल सांस्कृतिक संघका सभापति तीर्थ थापाले सधै सरकार र पार्टीले कलाकारहरुलाई वेवास्ता गर्दै आइरहेको आरोप लगाए । उनले भने, 'हामीहरु परिवारबाट नै उपेक्षित छौ, अझ पार्टी र देशले मान्ने कुरा त टाढाको भयो, राज्यका विभिन्न अंगमा कलाकारहरुको प्रतिनिधित्व यथोचित अहिलेसम्म हुन पाएको छैन ।' यस्तै उनले उनले नेपाली कलाकारहरुको महत्वपूर्ण योगदानले पनि देशमा ठूला ठूला परिवर्तन भएको पनि स्मरण गरे । 
 
सोही कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले नेपाली कलाकारहरुलाई सरकार र पार्टीले सधै प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । उनले कलाकारलाई राष्ट्रको गहना भनेर सम्बोधन गरेपनि कलाकारहरुको हक र अधिकारको पक्षमा अहिले सम्म कुनै पनि काम हुन नसकेको पनि बताए । 
स्थापना सभाबाट सदस्यमा 
कार्यक्रममा नेपाल लोकतान्त्रिक चलचित्रकर्मी संघका सभापति सन्दिप सापकोटाले संघ 
उनले चलचित्रकर्मीहरुको हकहितका लागी आवाज उठाउने, एडभोकेसी गर्ने र समाजमा सास्कृतिक जागरण गर्दै उर्जासिल भुमिका खेल्ने कार्यमा नेपाल लोकतान्त्रिक चलचित्रकर्मी संघले महत्वपूर्ण भुिमका खेल्ने पनि बताए ।