Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

दया प्रियंकाको पुरानो डुङ्गा 'माझी' गीत रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/11/08
मंसिर १० मा रिलिज हुने फिल्म 'पुरानो डुङ्गा'को माझी बोलको गीत रिलिज भएको छ । पहिलो गीत 'नीर जैले रिसाउनीले' मार्केट गर्माईरहेको समयमा फिल्ममा समावेश अर्को गीत बाहिर ल्याईएको हो । 
 
 
'जैले रिसाउनी' बोलको गीत अहिले नेपाली गीत संगीतप्रेमी सबैको मन, मष्तिष्कमा बसिसकेको छ । सार्वजनिक गीतमा शब्द संगीत र स्वर कालिप्रसाद बाँस्कोटाको छ भने म्युजिक एरेञ्ज रोहित शाक्यको छ । डायलगसहितको गीत स्याड भर्सनमा छ ।
 
रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ, मेनुका प्रधान, डिबी गुरुङ, बुद्धि तामाङ लगायत लिड अभिनयमा छन् । फिल्मले डुङ्गा चलाएर जीवन चलाईरहेका दाजु भाईबीच समय चल्दै जाँदा उत्पन्न हुने परिस्थितीको कथा बोल्छ ।
Most Visited News (monthly)