पछिल्लो रिलिज फिल्म 'पशुपतिप्रसाद'को एक पात्र 'हनुमानजी' ले राम्रै चर्चा पायो । यो पात्र निभाउने अभिनेता थिए, रविन्द्रसिंह बानियाँ । हनुमानको मुकुण्डो भिरेरै काम गर्दा धेरै समय अनुहार नै नदेख्दा समेत रविन्द्रसिंहले अभिनयको राम्रो तारिफ भेटे ।
तर, फिल्मीखबरसँगको कुराकानीमा उनले जीन्दगीभर 'हनुमानजी'को ब्याज खाएर बस्न नपरोस बोलेका छन् । 'हनुमानजी' एउटा पात्र थियो, कुनै रिसर्च गरेर निकालेको पात्र थिएन, बानियाँले भने, 'दर्शकले मन पराएकोमा र आफुले निभाएको पात्रले चर्चा पाएकोमा गर्व लाग्छ ।'
यो हप्ता रिलिज हुन लागेको फिल्म 'जात्रा'का लिड अभिनेतासँगै निर्माता समेत रहेका बानियाँले 'जात्रा'लाइ बिसुद्ध नेपाली मनको फिल्म भन्दै त्यसमा आफुले निभाएको ब्यापारीको पात्रलाई समेत दर्शकले मन पराउने आशा व्यक्त गरे ।
'जात्रा'मा उनले विपिन कार्की, बर्षा राउत लगायतसँग स्कृन सेयर गरेका छन् । फिल्मलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । बानियाँसँगको भिडियो कुराकानी उल्लेखित लिङ्कमा समावेश छ ।

