Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

एकादेशमा फिल्म महोत्सवमा संसारभरीका ७८ फिल्म

फिल्मीखबर, काठमाडौं, 2016/11/07
राजधानीमा यहि महिन हुन गइरहेको  ‘एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव’ चौथो संस्करणमा संसारभरीका ३० मिनेट भन्दा कम समयका, कुल ७८ वटा लघु चलचित्रहरू सहभागीता हुने भएका छन् । राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै फेस्टिभलको तयारीको बारेमा जानकारी गराईयो ।
 
आउँदो कार्तिक २६, २७ र २८ गते काठमाण्डौको कुमारी सिनेमा हलमा आयोजना हुन गइरहेको एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सवमा संसारभरीका विभिन्न फिल्म प्रदर्शनी साथै सिनेमाकर्मीसँग अन्तर्क्रिया पनि हुने गरेको छ। 
 
२०६९ सालमा पहिलो पटक सुरु भएको महोत्सवको यस वर्ष चौथो संस्करण हो। विश्वभरका ७८ वटा सम्मोहक, आत्म-श्रुति, तथा सामाजिक सङ्घर्षले भरीपूर्ण कथाहरूलाई लघु-चलचित्रका रुपमा सम्प्रेसित गरिनेछ, उनै लघु फिल्म महोत्सवमा स्कृनिङ हुँदैछन् । 
 
वर्षिक सञ्चालन हुने भएता पनि गत वर्षको भूकम्पका कारण महोत्सव गर्न असहज भएको भन्दै यस् वर्ष थप उत्साह तथा उमंगका साथ बिगत बिर्सन तथा नयाँ उर्जा संगाल्ने भन्दै ‘एण्ड लाईफ गोज् अन्’ स्लोगनसहित यो बर्ष फेस्टिँल गर्न लागिएको कार्यक्रममा जानकारी गराईयो ।
 
Most Visited News (monthly)