Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदर्शनमा अर्को रेकर्ड, युएईका १७ हलमा एकसाथ 'छक्का पञ्जा'

फिल्मीखबर, काठमाडौं, 2016/11/07
नेपाली फिल्मको विजनेसमा ऐतिहासिक रेकर्ड कायम गरेको फिल्म 'छक्का पञ्जा' युएईका आठ शहरमा एकसाथ प्रदर्शन हुने भएको छ ।  आगामी नोभेम्बर १० तारिक देखि युएईका बिभिन्न ८ शहरका  १७  थियटरमा एकसाथ फिल्म लाग्ने भएको हो ।
 
'छक्का पञ्जा' युएईको बरदुबई, क्यारिफोर सिटीसेन्टरको भोक्स सिन्धगा सिनेमा हलमा दुबईकै अलकुजको बलिउड सिनेमा, त्यस्तै आबुधाबीको नेसनल सिनेमाहल र आबुधाबीकै मुसाफाको ग्रान्ड सफिर सिनेमा, युएईकै अलऐन शहरको अलऐन मलको स्टार सिनेमा हल, अजमानको सिटी सेन्टरको भोक्स, र सअलखेमाको गल्फ सिनेमा र फुजेराहको सिटी सेन्टरको भोक्स हलमा एकसाथ लाग्ने भएको हो । 
 
युएईको स्थानीय वितरकसँग सहकार्य गरी कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली फिल्मलाई वैधानिक रुपमा युएईमा अक्टोबर १४ तारिक देखि युएईमा फिल्म वीर बिक्रमको प्रदर्शनीसँगै नियमित प्रदर्शन सुरु भएको थियो ।
 
प्रवासमा आफ्नो कला सांस्कृति र साहित्य तर्फ चासो राख्ने धेरै नेपालीलाई लक्षित गर्दै  नेपाली फिल्मको नियमित प्रदर्शन सुरु गरिएको हो । युएईमा फिल्म प्रदर्शनको चाँजोपाँजो मिलाएकै कम्पनिले छिट्टै नै कतार, बहराईन ओमन र थाइल्याण्डमा पनि यो व्यवस्था मिलाउन लागेको बताईएको छ । 
 
दीपाश्री निरौला निर्देशिल छक्का पञ्जामा दिपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल, बुद्धि तामाङ, वर्षा राउत लगायतको मुख्य भूमिका रहेको छ ।
 
नेपाली चलचित्र छक्का पञ्जा’ युएईका हलमा लाग्ने समय र स्थानः
 
बरदुबईको  क्यारिफोर सिटीसेण्टरको भोक्स सिन्धगा सिनेमा हल
१० नोभेम्बर , बिहिबार राती ९ बजे ।। (पहिलो शो)
११ नोभेम्बर , शुक्रबार साझ २ बजे ।। (दोश्रो शो )
११ नोभेम्बर , शुक्रबार साझ ५ बजे ।। (तेश्रो शो )
११ नोभेम्बर , शनिबार राती ९ बजे ।। (चौथो शो )
१२ नोभेम्बर , शनिबार राती ५ बजे ।। (पाचौ  शो )
१२ नोभेम्बर , शनिबार राती ११ बजे ।। (छैठौ शो )
अलकुजको बलिउड सिनेमा अलकोज मलमा 
११ नोभेम्बर , शुक्रबार साझ ५ बजे ।। (एक मात्र शो )
 
नेसनल सिनेमा हमदान  अबुधाबी
१० नोभेम्बर , बिहिबार राती ९ बजे ।। (पहिलो शो)
११ नोभेम्बर , शुक्रबार साझ ५ बजे ।। (दोश्रो शो )
१२ नोभेम्बर , शनिबार राती ८ बजे ।। (तेश्रो शो )
ग्रान्ड सफिर सिनेमा, सफिरमल मुसफा अबुधाबीमा
११ नोभेम्बर ,शुक्रबार दिउँसो १ बजे ।। (पहिलो शो)
११ नोभेम्बर , शुक्रबार साझ ५ बजे ।। (दोश्रो शो )
 
स्टार सिनेमा हल अलऐन मलमा
१० नोभेम्बर , बिहिबार राती ९ बजे ।। (पहिलो शो)
११ नोभेम्बर , शुक्रबार साझ ४ बजे ।। (दोश्रो शो )
रसअलखेमाको गल्फ सिनेमा
११ नोभेम्बर , शुक्रबार साझ ५ बजे ।। (एक मात्र शो )
अजमानको सिटी सेन्टरको भोक्स सिनेमा हलमा
११ नोभेम्बर , शुक्रबार साझ ५ बजे ।। (एक मात्र शो )
फुजेराहको स्टार दाना भोक्स सिनेमा हलमा
१० नोभेम्बर , बिहिबार राती ९ बजे ।। (पहिलो शो)
११ नोभेम्बर , शुक्रबार साझ ५ बजे ।। (दोश्रो शो )
युएईबाट पत्रकार त्रिलोचन कोइरालाको सहयोगमा ।
Most Visited News (monthly)