सौगात मल्ल भर्सटायल अभिनेतामा गनिन्छन् । उनको अभिनय कला अनि आनिबानीले धेरैलाई लालायित पार्छ । सामाजिक सञ्जालमा राम्रै प्यान फ्लोईङ बटुलेका सौगातसँग काम गर्न धेरैले इच्छा व्यक्त गर्छन् ।
केहि समय पहिले 'गाजलु' डेब्यू अभिनेत्री सृष्टि श्रेष्ठले सौगातसँग डेट जान, अनि सँगै काम गर्न चाहेको इच्छा व्यक्त गरिन् । पछि सृष्टि र सौगातको प्रेम सुरु भएको कुराले समेत राम्रै चर्चा मिडियामा पाईरहेको छ । यो बीचमा फिल्मीखबरसँगको कुराकानीमा अर्की अभिनेत्री बर्षा राउतले पनि सौगात मनपर्ने बोलेकी छिन् ।
फिल्मीखबरसँगको भिडियो संवादमा 'जात्रा' हिरोईन बर्षाले सौगातसँग अन स्कृन काम गर्न आतुर रहेको कुरा खुलाएकी हुन् । 'नाई नभन्नु ल ४' डेब्यू हिरोईन बर्षासँग गरिएको रमाईलो भिडियो कुराकानी प्रस्तुत भिडियोमा समावेश छ ।

