Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

दर्शकलाई तिहार उपहारः 'नाई नभन्नु ल ४' ईन्टरनेटमा रिलिज

फिल्मीखबर, काठमाडौं, 2016/10/30
बर्ष २०७२ को सफल फिल्म 'नाई नभन्नु ल ४' आईतबारबाट ईन्टरनेटमा रिलिज भएको छ । निर्देशक तथा निर्माता विकासराज आचार्य तथा पटकथा लेखक सामिप्यराज तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमा फिल्मको लिङ्क सेयर गर्दै 'तिहारको शुभकामना लेखेका छन् । 
 
हिट सिरिज 'नाई नभन्नु ल'को चौथो सिक्वेललाई दर्शकले राम्रो साथ दिएका थिए भने यसमा समावेश गीत संगीतले पनि राम्रै लोकप्रियता कमाएको थियो । जुन फिल्मबाट हिट मोडल पल शाहले डेब्यू गरे तथा डेब्यू अभिनेता तर्फ भिन्ना भिन्नै अवार्ड समारोहमा ट्रफी उचाले । 
 
यहि फिल्मबाट मोडल द्वय आँचल शर्मा र बर्षा राउतले पनि नेपाली रजतपटमा डेब्यू गरेका हुन् । फिल्ममा उल्लेखित तीन अनुहारसँगै प्रियंका कार्की, अनुभव रेग्मी, सरोज खनाल लगायत अभिनयमा छन् भने बसन्त सापकोटाको संगीत समावेश छ । 
 
हेर्नुहोस पुरा फिल्मः
 
 
 
 
Most Visited News (monthly)