Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

रणविरको अघि निरिह अजय देवगान (वक्सअफिस)

एजेन्सी, मुम्बई, 2016/10/30
वलिउड फिल्म पारखिको लागी लागी अभिनेता अजय देवगान र रणविर कपुर परिचित नाम हो । एक्शनमा फिट अजय अनि लभ स्टोरीमा फिट रणविर दुबैको फ्यान फलोईङ राम्रै छ । 
 
photo: koimoi.com
 
तर पछिल्लो भिडन्तमा अजयलाई रणविरले उछिनेका छन् । रिलिजका दुई फिल्म 'शिवाय' र 'ए दिल है मुश्किल'मा अजयको 'शिवाय'लाई रणविरले उछिनेमा मात्र छैनन् पछिल्ला पाँच बर्षमा नै अजय भन्दा रणविर अघि पाईएका छन् । 
 
२०११ देखि २०१६ सम्म रिलिज दुबै स्टारका फिल्मबीचको ओपनिङ विजनेसलाई तुलना गर्दा रणविर नै धेरैमा अछि छन् । अजयका १२ र रणविरका ८ रिलिजको तुलनामा तीन फिल्ममा मात्र अजयका फिल्मको विजनेस बढि छ ।
 
पछिल्लो शुक्रबार रिलिज फिल्मको ओपनिङ डे कलेक्शनमा रणविरले ३ करोड विजनेसले अजयलाई पछि पार्न सफल भए । जहाँ 'ए दिल है मुश्किलले पहिलो दिन १३ करोड ३० लाखको विजनेस गर्दा अजय देवगानको फिल्मको जम्मा १० करोड २४ लाख विजनेस छ ।
Most Visited News (monthly)