भाद्र २४ गतेबाट प्रदर्शनमा आएको फिल्म 'छक्का पन्जा' ले प्रदर्शनको ५१ दिन मनाएको छ । कार्तिक १३ गते शनिबार फिल्म प्रदर्शनको ५१औं दिनको अवसरमा निर्माण टिमले राजधानीका बिभिन्न फिल्म हलहरुमा पुगेर दर्शकसँग खुशी साटासाट गर्यो ।
फिल्म प्रदर्शनरत गोपिकृष्ण, गंगा, गुण, कुमारी हल लगायत राजधानीका बिभिन्न १२ हलहरुमा फिल्म टोली पुगेको छ । दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, बर्षा राउत, नम्रता सापकोटा लगायतका कलाकारको टोली ब्यान्ड बाजा सहित नगर परिक्रमा गर्दै हल-हलमा पुगेको हो ।

फिल्मले काठमाण्डौका १२ ओटा र उपत्यका बाहिरका पनि १२ ओटा हल गरी जम्मा २२ हलमा आफ्नो प्रदर्शनको ५१ दिन मनाउन सफल भएको हो ।
बिहान पशुपतिमा पुजा गरी सुरु भएको छक्का पन्जाको ५१ दिनको खुशियाली तपाईको लागी हामीले भिडियोमा प्रस्तुत गरेका छौ । फिल्म 'छक्का पन्जा' लाई प्रदर्शनको ५१ दिन मनाउन सफल भएकोमा फिल्मीखबर परिवारको तर्फबाट शुभकामना ।


