Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेम कथामा 'सुस्केरा' घोषणा, सुरक्षाले स्वरुपसँग जोडी बाँध्ने

फिल्मीखबर, काठमाडौं, 2016/10/28
 
'सुस्केरा' नाममा नयाँ फिल्म बन्ने भएको छ । प्रेम प्राप्तिको लागी युवा युवतीले गर्ने संघर्षको कथामा फिल्म बन्न लागेको हो । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माणको घोषणा भयो । 
 
 
फिल्मलाइ 'लेटर' निर्देशक साम्तेन भुटियाले निर्देशन गर्दैछन् । साम्तेन 'त्यान्द्रो'का निर्देशक पनि हुन् । फिल्ममा स्वरुप ढकालसँग 'अझै पनि' फिल्म डेब्यू गर्ल सुरक्षा पन्तले जोडी बाँध्दैछिन् । 
 
 
फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्ने छन् भने स्वरूप पुरुष ढकालकै संगीत रहने यस फिल्ममा पार्श्व संगीत सुजिल कर्माचार्यको रहनेछ । कार्यक्रममा बोल्दै निर्देशक साम्तेनले लभ भन्ने बितिकै आउने सोचाइ भन्दा केहि फरक परिवेश फिल्ममा जोड्ने प्रयास गर्ने बताए । 'प्रेम प्राप्तिमा आउने भोगाई नै फिल्मको कथा हो', उनले भने ।
Most Visited News (monthly)