फ्राईडे रिलिज अन्तर्गत यो हप्ता तिहार स्पेसल भन्दै दुई फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन 'राधा' र 'उमंग' ।

योगेश घिमिरे निर्देशित 'राधा'मा जीवन लुईंटेल र सञ्चिता लुईंटेल लिड अभिनयमा छन् । पुर्वी नेपालका दुई युवा युवतीको प्रेम कथा बोल्ने फिल्मको बिहिबार राजधानीमा प्रिमियर हुँदा मिश्रित समिक्षा मिलेको छ ।
सञ्चिता लुईंटेलको कमब्याक भनिएको फिल्मका गीत संगीतले बजारमा राम्रै चर्चा पाईरहेका छन् । यस्तै विनिता बराल र कुमार बिसी लिड अभिनयमा रहेको फिल्म 'उमंग' पनि शुक्रबार बाटै प्रदर्शनमा आएको हो ।
कुमार बिसीले नै बनाएको फिल्मले परदेशीको पीडा बोल्छ । फिल्मका निर्देशक शिव शर्मा हुन् । यी दुई नेपाली फिल्मसँगै वलिउडका दुई चर्चित फिल्म पनि प्रदर्शनमा आएक छन् ।
अजय देवगान स्टारर 'शिवाय' र करन जोहरको फिल्म 'ए दिल है मुश्किल' एकसाथ प्रदर्शनमा आउँदा नेपाली मल्टिप्लेक्समा दुबै फिल्मले राम्रो राज गर्ने पक्का छ ।

