Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`जात्रा` गीत : हरिवंशको नजरमा पापी पैसा (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2016/10/26
कार्तिक २६ देखि प्रर्दशनमा आउन लागेको फिल्म 'जात्रा' को गीत सार्वजनिक गरिएको छ । हरिवंश आचार्यको शब्द तथा स्वर रहेको 'पैसा' बोलको गीत सार्वजनिक गरिएको हो ।
 
फिल्मको विषयवस्तुसँग मेल खाने गीतमा पैसाको महत्व र आवश्यकतालाई रमाइलो ढंगले प्रस्तुत गरिएको निर्माता एवं कलाकार रबिन्द्रसिंह बानियाले जानकारी दिएका छन् ।
 
फिल्मको लागि आफैँले गीत लेखेर गाउन पाउँदा आफुलाई निकै खुशी लागेको हरिवंश आचार्यले बताएका छन् । गाउनका लागि केहि कठिन भएपनि गीतमा एउटा कथा रहेको उनको भनाई छ । शशी रावलको समेत स्वर रहेको गीतमा रोशन थापाले संगीत भरेका छन् ।  
 
फिल्मलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । विपिन कार्की र बर्षा राउत लिड रोलमा रहेको यो फिल्ममा रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, प्रेक्षा बज्राचार्य लगायतको अभिनय पनि देख्न पाईनेछ ।

Most Visited News (monthly)