Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

को को जाँदैछन् अवार्डमा भाग लिन अमेरिका ?

फिल्मीखबर, काठमाडौं, 2016/10/26

केही समययता अमेरिकामा हुने कार्यक्रममा जाने नेपाली फिल्मकर्मीको चाप बढ्दो छ । यही सन्दर्भमा आउँदो २७ गते अमेरिकाकाको कोलोराडोमा हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा भाग लिन जाने नेपाली कलाकारको बारेमा पनि चासो बढेको छ ।


कृष्ण मल्ल अध्यक्ष रहेको नेपाल फिल्म सोसाइटीले बुधबार औपचारिक कार्यक्रम गरेर नै अवार्डको विषयमा जानकारी गराए तर अवार्डमा सहभागी हुन गइरहेका कलाकारको भने टुंगो भइनसकेको जानकारी गराए ।  तर बजारमा चलेको हल्ला अनुसार र कार्यक्रममा मन्चमा देखिएका अनुहार हेर्दा अवार्डमा सहभागी हुन नयाँ पुस्ताका कलाकार भन्दा पूराना पुस्ताका कलाकारको बाहुल्यता रहने अनुमान गर्न सकिन्छ ।


बजारमा चलेको हल्ला अनुसार अवार्डमा भाग लिन भुवन केसीले सहमति जनाएका छन् भने शिव श्रेष्ठ पनि अमेरिका जान तयार छन् । त्यसैगरी सहआयोजक संस्थाका अध्यक्ष कृष्ण मल्ल श्रीमति अभिनेत्री सहित अमेरिका जाने योजनामा रहेको श्रोत बताउँछ । त्यसैगरी निर्माता प्रदिप उदय ,सुमन बिष्ट अमेरिका जाने सूचीमा रहेका छन् । अभिनेत्रीतर्फ भने हालसम्म आशिष्मा नकर्मीको नाम मात्र तय भएको बताइन्छ । थुप्रै अभिनेता तथा अभिनेत्रीले पनि अवार्डमा सहभागी हुन कोशिस गरेपनि दूतावासले भिसा नपत्याएपछि आयोजकले भिसा लागेका अभिनेत्री लैजाने प्रयास गरिरहेको बुझिएको छ ।



बिभिन्न ९ बिधामा प्रदान गरिने उक्त अवार्ड कार्यक्रम १६ जना जति कलाकार अमेरिका जाने छन । बुधबार फिल्म ,निर्देशक, नायक, नायिका, सहनायक, नायिका आदि विधा गरी जम्मा नौ विधामा अवार्ड वितरण गरिने र सो अवार्ड लोकप्रियताका आधारमा बाँडिने आयोजकले जनाएको छ ।

Most Visited News (monthly)