मिति : २०८१ वैशाख ४, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

निखिलको 'किङ' औपचारिक रिलिज घोषणा

फिल्मीखबर, काठमाडौं, 2016/10/26
एक्शन स्टार निखिल उप्रेती स्टारर फिल्म 'किङ' को औपचारिक रिलजि तय भएको छ । निर्माण कम्पनि तथा वितरण कम्पनिबाट प्राप्त जानकारी अनुसार फिल्म माघे सक्रान्तिको छेकोमा आउँदो पौष २९ बाट दर्शकमाझ आउनेछ । 
 
 
गत बर्ष रिलिज 'लुटेरा'पछि पहिलो पटक पर्दामा आउँदै गरेका निखिलको 'किङ' यसअघि दशैंमा रिलिज हुने भनिए पनि अन्त्यमा रिलिज सरेको थियो । 'किङ' पौष २९ मा रिलिजको लागी निर्माण कम्पनिसँग सहमति भएको छ, वितरक गोपाल कायस्थले फिल्मीखबरसँग भने । 
 
उता निर्माता जयन श्रेष्ठले आफ्नो फिल्म वितरक कायस्थलाई ६० लाख एमजीमा वेचिसकेको दाबी गरेका छन् । रिलिज तयसँगै यो हप्ताबाट नै फिल्मको प्रचार थालनी हुने निर्माता श्रेष्ठले बताए । तोकिएको मितिमा रिलिज हुँदा यो फिल्मसँग 'कारखाना' भिड्नेछ ।
 
सबिर श्रेष्ठ निर्देशित फिल्ममा निखिलसँगै वेनिशा हमाल, अनुपबिक्रम शाही, रुपा राना, प्रस्तुतकर्ता समेत रहेका जगन श्रेष्ठ लिड अभिनयमा छन् । लामो समयको पर्खाईपछि पर्दामा आउँदै गरेका निखिलको यो फिल्म दर्शकमाझ प्रतिच्छित बनिसकेको छ ।
 
नृत्य निर्देशन भने रामजी लामिछानेको छ भने माथी उल्लेखित ती कलाकारसँगै रुपा राना अनि प्रस्तुतकर्ता जगन श्रेष्ठ स्वयम अभिनयमा छन् । फिल्मलाई सञ्जय लामाले खिचेका हुन् ।
 
काठमाडौं, लुम्बिनी तथा नगरकोट लगायतका दृश्य समावेश फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ भने दिनेश सुनाम र वसन्त सापकोटाको संगीत छ ।