मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वलिउड स्टार सलमानलाई पाकिस्तानमा प्रतिवन्ध !

एजेन्सी, मुम्बई, 2016/10/26
पाकिस्तान र भारतबीच चलिरहेको शित युद्धले कलाकार तथा योसँग जोडिएका क्षेत्रमा पनि राम्रै असर पारेको छ । एक देशले अर्को देशका कलाकारलाई समेत देश छाड्न गरेको आग्रह तथा फिल्म प्रदर्शनीमा समेत पगाएको प्रतिवन्धले राम्रै चर्चा पाईरहेको छ । 
 
यो बीचमा पाकिस्तानले वलिउड सुपरस्टार सलमान खानलाई नै रोक लगाएको छ । सलमानलाई सधा प्रवेश रोक भन्दा पनि सलमानले सञ्चालन गर्दै आएको चर्चित रियालिटी शो 'बिग बोस'लाई पाकिस्तानमा प्रतिवन्ध लगाईएको हो । 
 
वलिउड मिडियाले लेखेको समाचारलाई आधार मान्दा पाकिस्तानले पछिल्लो पटक निकालेकोस्टेटमेन्टमा 'बिग बोस'को सिजन १० सँगै अन्य ६ चर्चित भारतिय सिरियललाई प्रतिवन्ध लगाईएको भनिएको छ । १५ अक्टोवरबाट नै पाकिस्तानमा यो रोक सुरु भईसकेको बताईएको छ ।
 
मुश्लिम फेमिलीका सलमानको भारतमा जत्तिकै फ्यान पाकिस्तानमा पनि रहेको बताईँदै आउँदा सलमानको शो लाई नै प्रशारणमा रोक लगाईनुलाई आश्चर्य मानिएको छ । यद्धपी सलमान जोडिएको कारण भन्दा पनि भारतका सबैजसो चर्चित टिभी कार्यक्रमलाई प्रशारणमा प्रतिवन्ध लगाउने नियत अनुसार सुरुमै यो शो परेको बताईन्छ ।