मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फर्स्टलुक सार्वजनिक गर्दै 'कारखाना' रिलिज घोषणा

फिल्मीखबर, काठमाडौं, 2016/10/26
बर्षा शिवाकोटी तथा सुशिल श्रेष्ठ स्टारर फिल्म 'कारखाना'को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । रिलिज मिति सहितको सार्वजनिक पोस्टरमा लिड कलाकार द्वय वर्षा र सुशिल नै फिचरिङमा छन् । 
 
 
शान थापाले पोस्टर डिजाईन गरेका हुन् । फिल्मको फर्स्टलुकसँगै तय गरिएको मिति अनुसार 'कारखाना' यहि बर्षको माघे सक्रान्तिको छेकोमा आउँदो पौष २९ मा रिलिज हुनेछ । अंग्रेजी महिना अनुसार उक्त मिति २०१७ को जनवरी १३ पर्छ । 
 
 
फिल्ममा बर्षा र सुशिलसँगै जेविका कार्की, मौसमी मल्ल, नागेन्द्र रिजाल लगायत लिड अभिनयमा छन् । अमरद्विप सापकोटाको लेखन तथा निर्देशन छ । विहे मण्डपबाट भागेकी एक नारीले भोग्नु परेको जीवन भोगाईको कथा फिल्मको मुल विषयवस्तु हो ।
 
दयाराम दाहाल, सुशिल पोख्रेल र निर्देशक स्वयमको पटकथा तथा संवाद जोडिएको फिल्मलाई निरज कंडेलले खिचेका हुन् । भने लगानीमा दिप खड्का, राजेन्द्र केसी, अम बज्राचार्य र सुर्याश खड्काले साझेदारी गरेका छन् । द्वन्द्व निर्देशक चन्द्र पन्तको छ ।