Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशक भन्छन्ः 'राधा'बाट जीवन लुईंटेलको नयाँ जीवन सुरु हुन्छ'

फिल्मीखबर, काठमाडौं, 2016/10/24
जीवन लुईंटेलले पुरानी अभिनेत्री सञ्चिता लुईंटेलसँग जोडी बाँधेको फिल्म 'राधा' यहि हप्ता प्रदर्शनमा आउँदैछ । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म अहिले चर्चामा छ । प्रचार प्रसारको दौडधुपमा निर्माण टिमदेखि कलाकारहरु दौडधुपमा व्यस्त छन् । 
 
यो बीचमा फिल्मीखबरसँगको कुराकानीमा 'राधा' निर्देशक योगेश घिमिरेले अभिनेता लुईंटेललाई आफ्नो फिल्मले नयाँ जीवन दिने दाबी गरेका छन् । पछिल्लो समय पर्दामा जम्न संघर्षरत अभिनेतालाई आफ्नो फिल्मले पुनः उचाई दिने दाबी गर्दै जीवनलाई नयाँ जीवन दिएर पुनः हिट अभिनेताको सुचीमा पुर्याउने दाबी गरे । 
 
'जीवनलाई पहिलो पटक 'राधा' मार्फत विल्कुलै भिन्न गेटअप, लुक्स र अभिनयमा दर्शकले देख्न पाउनेछन्, निर्देशक घिमिरेले थपे, 'पहिलो पटक उनको कपालको 'विक' निकालेर पर्दामा ल्याउँदैछु, त्यसको सुन्दरता कति भन्ने त सार्वजनिक गीत अनि ट्रेलरले बोलिसकेको छ ।'
 
'सञ्चितासँगको ट्युनिङ निकै मिलेको भन्दै रिलिजपछि पर्दामा एउटा राम्रो अनि विसुद्ध पारिवारिक फिल्म हेरेर दर्शकले पुर्ण मनोरञ्जन पाउनेमा शंका नरहेको उनले बोले । निर्देशक घिमिरेसँगको भिडियो कुराकानी फिल्मीखबरमा छिट्टै नै प्रकाशित हुनेछ ।
Most Visited News (monthly)