मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कात्तिक १२ मा विनिताको 'उंमग', बोल्नेछ परदेशीको पीडा

फिल्मीखबर, काठमाडौं, 2016/10/24
काठमाडौं,  सगरमाथा फिल्म्सको प्रस्तुतीमा कुमार बिसीले निर्माण गरेको फिल्म ‘उमंग’ यहि कात्तिक १२ गतेबाट देशभरका सिनमा घरमा आउने आइतबार राजधानीको सिटि म्याक्समा पत्रकार भेटघाटमा जानकारी गराइएको छ । 
 
 
नृत्य निर्देशक शिव शर्माले डेब्यु निर्देशन गरेको उमंगलाई केही दिन अघि अष्ट्रेलियाको सिडनीमा पनि प्रदर्शन पनि गरिएको थियो । फिल्म हेर्ने सबै दर्शकले एउटा राम्रो नेपाली फिल्म बनेको प्रतित्रिया दिएको शिवले बताए । उनले भने ‘उमंगलाई हामीले एउटा पृथक नेपाली चलचित्र बनाउने कोशिष गरेका छौ ।’ पछिल्लो पटक बजारमा आएका फिल्म मध्ये पृथक रहेको र नेपालभर प्रदशन भए पछि आम दर्शककमो मन जित्नमा आफू ढुक्क रहेको उनको दाबी छ । उनले भने– फिल्मको नाम जस्तो छ, ‘यसले दर्शकलार्ई पनि उस्तै उमंग थपिदिने छ ।’
 
विगत दुई दशकदेखि चलचित्र नृत्य निर्देशमा गर्दै आएका शिवले लामो समयदेखि चलचित्र क्षेत्रमा लागेर बटुलेको लामो अनुभवका कारण फिल्मनिर्माणमा प्रेरित भएर नेपालमा रोजगारी नपाएर विदेश पलायन भएको युवा वर्गको कथालाई समेटरे उमंग बनाएको बताए । 
कुमार जिसीको लगानीमा तयार भएको उमंगमा नायिका विनिता बरालको अभिनय रहेको छ । 
 
फिल्ममा विनितासँगै नव नायक तथा निर्माता कुमार जिसीको पनि अभिनय रहेको छ । यो चलचित्रबाट नै जिसीले आफूलाई चलचित्र क्षेत्रमा स्थापित हुने जमर्को समेत गरेका छन् । ८० प्रतिशत छायाँकन दुवई र २० प्रतिशत नेपालको गुल्मी बागलुङ र काठमाडौंमा गरिएको छ । कार्यक्रममा फिल्मले मनमा उमंग बोकेर परदेशीन बाध्य भएका परदेशीको कथा समेटिएको बताइएको छ ।
 
फिल्ममा बिनिता बराल र कुमार बि. सीसँगै  सी. पी. पौडेल, रामबाबू रेग्मी, शिला श्रेष्ठ, रुपेश सुवेदी, राम थापा, उमेश कुमार के. सीलगायतका कलाकारको अभिनय रहेको छ । बसन्त अधिकारीको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा अर्जुन पोख्रेल र बि. बि. अनुरागीको संगीत, कुमार महर्जनको द्वन्द्व, रबिन्द्र बरालको छायाँकन रहेको छ । 
 
फिल्मका अभिनेता कुमार बिसीले नै यो चलचित्रको कथा लेखेका हुन् । आफूले विदेशमा बसेर दुःख तथा कष्ट भोगेको तथा सोही विषयवस्तुलाई फिल्मको कथा बनाएको कुमारले स्पष्ट पारेका छन् ।