मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

नवौं नेफ्टा अवार्डमा मनपरी मनोनयन, राष्ट्रिय पुरस्कारलाई नै च्यालेञ्ज !

फिल्मीखबर, काठमाडौं, 2016/10/24
आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आउँदो पौष ८ मा दुबईमा हुने नवौं नेफ्टा अवार्डको उत्कृष्ट पाँचको मनोयन सार्वजनिक गरियो । जहाँ केहि विधामा आश्चर्यजनक मनोनयन नतिजा देखिएको छ । 
 
तश्विरमा नेफ्टा अवार्ड उत्कृष्ट पाँच घोषणा कार्यक्रम
 
हुन त नेपालमा आयोजना हुने भिन्ना भिन्नै अवार्डमा आफ्नो आफ्नो 'फेभर' अनि चाहनामा मनोनयन निकालिन्छ अनि अवार्ड बाँडिन्छ । तर नेफ्टाले राष्ट्रिय पुरस्कार प्राप्त फिल्मकर्मी अनि अन्य अवार्डमा मनोनयनमा पर्ने र अवार्ड जित्नेहरुलाई या भनौं उनिहरुको पाएको आफ्नो कामको तारिफलाई होच्याउँदै भिन्न प्रकारको मनोनयन निकालेको छ । 
 
पाँच सदस्यिय जुरीले वैज्ञानिक मुल्याङ्कनबाट निकालेको भनिएको अवार्डको मनोनयनमा कुनै विधामा त जो 'डिजर्भीङ' छन्, जसको कामको दर्शक तथा फिल्म शुभचिन्तकहरुबाट तारिफ भयो उनिहरु नै पाखा लागेका छन् । 
 
१: राष्ट्रिय पुरस्कारलाइ नै च्यालेञ्जः फिल्म क्लासिकबाट सम्पादकको रुपमा सुरेन्द्र पौडेलले राष्ट्रिय पुरस्कार जिते । त्यो मात्र होईन राष्ट्रपतिबाट वितरण भएको पुरस्कारसँगसँगै अन्य चार अवार्ड समारोहमा लगातार उत्कृष्ट बने । अवार्ड जिते, तर उनै सुरेन्द्र पौडेल नेफ्टा अवार्डमा 'क्लासिक'बाट मनोनयनमा नै परेनन् । पर्न त परे अर्को फिल्म 'प्रेमगीत' बाट । 
 
२: पछिल्लो पटक सम्पन्न एनएफडिसी चलचित्र पुरस्कारमा नव अभिनेताको अवार्ड जितेका सुशिल सिटौला नेफ्टामा भने हाँस्य अभिनेताको सुचीमा आएका छन् । यो विधामा सुशिलकै को स्टार नाजिर हुसैन उनिभन्दा बढि फिट छन् । यो कुरा कलाकार संघको अवार्डमा जीवन लुईंटेललाई हाँस्य अभिनेतामा राख्दाको जस्तै जोकको विषय बनेको छ । 
 
३: होस्टेल रिटर्न्सबाट सुशिल श्रेष्ठ वेष्ट डेब्यू अभिनेताको मनोनयनमा आउँदा सोहि फिल्मका सह अभिनेता नाजिर हुसैन उत्कृष्ट अभिनेताको सुचीमा आएका छन् । कुनै पनि फिल्ममा लिड हिरो एक जना हुन्छ अन्य जति नै भए पनि सहायकमा आउँछन् । नाजिरको विरोध भन्दा पनि उत्कृष्ट अभिनेताको प्रतिस्पर्धालाई प्रेमगीत हिरो प्रदिप खड्का उनिभन्दा अघि हुनसक्छन् । जुन कुरा यसअघिका अवार्डमा तथा दर्शक अनि जुरी मुल्याङ्कनमा पनि आएको छ ।
 
४: राष्ट्रिय पुरस्कारमा छायाँकनतर्फ बाजी मारेका तथा अन्य आजसम्म सम्पन्न सबै अवार्डमा उत्कृष्ट बनेको ड्रिम्सबाट सञ्जय लामा र पुरुषोत्तम प्रधानको जोडी यो अवार्डमा मनोनयनमा नै आएको छैन् । पुरुषोत्तमलाई नोमिनेसन सुचीमा देखाउनकै लागी जबरजस्ती नाई नभन्नु ल ४ बाट तानिएको छ भने मानकृष्ण महर्जनलाई 'फूलैफूलको मौसम तिमिलाई'बाट तानिएको छ ।
 
५: अर्को ठुलो त्रुटी त के छ भने, उत्कृष्ट फिल्मको मेरुदण्ड कथा, पटकथा र संवाद हो । तर यो कुनै पनि विधामा नपारिकन अनि उत्कृष्ट अभिनेतामा पनि नपारीकन 'प्रेमगीत'लाई उत्कृष्ट फिल्मको प्रतिस्पर्धामा ल्याईएको छ भने उता छायाँकन, सम्पादन दुबै विधामा नपारिकन 'क्लासिक'लाई उत्कृष्ट फिल्मको प्रतिस्पर्धामा ल्याईएको छ । 
 
६: उता उत्कृष्ट संगीततर्फ बर्षकै सर्वाधिक हिट गीत अत्याधिक रुचाईएको वडा नम्बर ६ फिल्मको गीत सुर्के थैली नै अटाएन् । उक्त गीतबाट राजनराज शिवाकोटी प्रतिस्पर्धाको लागी राम्रै लायक थिए ।