Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

न्यूयोर्कमा `अमेरिकन बाबु मेड इन नेपाल`

फिल्मीखबर, क्यालिफोर्निया, 2016/10/23
अमेरिकाको न्यूयोर्क शहरमा 'अमेरिकन बाबु मेड इन नेपाल' नामक फिल्मको सुटिङ गरिएको छ । ईश्वर थापाले निर्देशन गरेको उक्त फिल्मको हाल सम्पादनको कार्य भईरहेको छ ।  
 
 
 
नन्दिता केसी, इसान ढकाल, प्रवेश उप्रेती, प्रियंका एर, अन्जली लामा, राजेश गुरुङ, प्रेम गुरुङ, सुरेन्द्र बास्तोला, आर जेसी, अमेरिकन कलाकार मे फर्दिनंदको अभिनय रहेको फिल्मको पटकथा संवाद सुरेन्द्र नकर्मीको रहेको छ ।  
 
 
 
बाबु बोगटी र ओम कर्माचार्यले संगीत दिएको यस फिल्मका गीतहरूमा जगदीश समाल, बाबु बोगटी, अन्जना गुरुङ र सबिता श्रेष्ठले स्वर दिएका छन् ।  फिल्मको छायांकन शम्भु मोक्तानले गरेका छन् । सम्झना उप्रेती, सलिना श्रेष्ठ र केदार पराजुली निर्माता रहेको यो फिल्म नयाँ बर्ष २०७४ सम्ममा रिलिज गर्ने लक्ष्य रहेको निर्माण टिमले जानकारी दिएको छ । 
Most Visited News (monthly)