मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मोटी नभन्न आग्रह गर्ने जल शाह भन्छिन्- `अनमोल भन्दा भुवन ह्याण्डसम`

फिल्मीखबर, काठमाण्डौ, 2016/10/23
नेपाली फिल्मी क्षेत्रमा कुनै समय जल शाहको निकै लोकप्रियता थियो । धेरै सफल फिल्ममा अभिनय गरेकी कुशल अभिनयकी धनी जल शाहले नेपाली फिल्मी क्षेत्रमा भविष्य देखिनन् र अमेरिकाको यात्रा तय गरेकी थिईन् ।  
 
 
चर्चामा रहंदा रहदै बिदेशिएकी जल हाल नेपाल भ्रमणमा छिन् । आफ्नी आठ बर्षकी छोरी कलशको साथमा जल शाहले पत्रकार माझ एक अनौपचारिक भेटघाट कार्यक्रम राखिन् जहाँ उनी निकै रसिली भएर प्रस्तुत भएकी छिन् । उनको जोकमा उक्त भेटघाट कार्यक्रमले रौनकता पाएको थियो ।  
 
निकै मोटाएर स्वदेश फर्किएकी जलले आफूलाई मोटो नभन्न समेत आग्रह गरिन् । हरेकको फिगरमा बदालाव आउने भन्दै उनले मोटाउने र दुब्लाउने क्रम जारी रहने सञ्चारकर्मीमाझ बोलिन् ।
 
यस्तै उनले आफ्नो पालाका अभिनेतामा भुवन केसी र शिव श्रेष्ठको अभिनय राम्रो रहेको बताईन् भने राजेश हमाललाई ह्याण्सम ड्यासिङको लिस्टमा राखिन् । पछिल्लो पुस्ताका स्टार अनमोल केसीलाई भने 'क्यूट' भनेकी जलले भुवन केसी छोरा भन्दा ह्याण्डसम रहेको बताईन् । यस्तै उनले ऋचा शर्मा र केकी अधिकारी मनपर्ने अभिनेत्रीको लिस्टमा राखेकी छिन् ।   
 
जल शाहसँगको भेटमा फिल्मीखबरले बनाएको रमाइलो भिडियो कुराकानी तपाई हेर्नसक्नुहुन्छ।