मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नेफ्टा अवार्डः पपुलरको दौडमा अनमोल र प्रदिपसँग निखिल पुस्ताको फाईट !

फिल्मीखबर, काठमाडौं, 2016/10/23
 
आउँदो पौष ८ गते युएईको दुबई शहरमा हुने नवौं संस्करणको नेफ्टा अवार्डको उत्कृष्ट पाँचको मनोनयन आईतबार सार्वजनिक गरियो । भोटिङबाट अवार्ड वितरण हुने २८ विधाको प्रतिस्पर्धा  बाहेक पछिल्लो बर्षका चर्चित फिल्म र अनुहारहरुलाई समेत प्रतिस्पर्धामा ल्याईएको छ । 
 
जयाँ दुई पुस्ताबीच प्रतिस्पर्धा देखिएको छ । निखिल उप्रेती, आर्यन सिग्देल र दयाहाङ राई पुस्ता अनि अनमोल केसी र प्रदिप खड्का पुस्ता । पछिल्लो बर्षको चर्चित अनि व्यवसायिक सफल फिल्म 'ड्रिम्स'बाट युवा स्टार अनमोल केसी आफ्नो अंकल पुस्तासँग प्रतिस्पर्धामा आएका छन् । 
 
यस्तै अर्को फिल्म प्रेमगीतबाट राम्रो चर्चा अनि तारिफ पाएका प्रदिप पनि सोहि प्रतिस्पर्धामा छन् भने कबड्डी कबड्डी फिल्मबाट दयाहाङ राई, भैरवबाट निखिल उप्रेती तथा क्लासिकबाट आर्यन सिग्देल उत्कृष्टको दौडमा छन् । 
 
यस्तै पपुलर विधामा फिल्मतर्फ भने माथी उल्लेखित अभिनेता जोडिएको फिल्ममा  प्रेमगीत, ड्रिम्स र कबड्डी कबड्डी मात्र अटाएका छन् भने नाई नभन्नु ल र पशुपतिप्रसाद पपुलर फिल्मको प्रतिस्पर्धामा आएका छन् । यस्तै अभिनेत्रीतर्फ ड्रिम्स गर्ल साम्राज्ञलक्ष्मी शाह, पूजा शर्मा (प्रेमगीत), क्लासिक गर्ल नम्रता श्रेष्ठ, वडा नम्बर छ बाट प्रियंका कार्की र फन्कोबाट केकी अधिकारी प्रतिस्पर्धाको दौडमा आएकी छिन् ।