मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकारलाई धर्मको आधारमा परिचित नगराउँदा बेस : हसन एण्ड ओसिमा ( भिडियो सहित)

मदन रिजाल, काठमाडौं, 2016/10/23
'रोमियो' फिल्मको तयारिमा जुटिरहेका कलाकार हुन , हसन राजा  खान । 'अलबिदा' फिल्म मार्फत नेपाली फिल्मी क्षेत्रमा लिडिङ अभिनेताका डेब्यू गरेका हसन यतिबेला नव कलाकार  'ओसिमा बानु' लाई नेपाली फिल्मी क्षेत्रमा डेब्यु गराउदै फिल्म 'रोमियो' लिएर आउने तयारीमा छ्न । 
 
 
नेपालकै पहिलो मुश्लिम हिरोईन भनिएकी ओसिमाको साथमा निशा अधिकारि, मेलिना मानन्धर लगायतका कलाकरको अभिनय रहने फिल्म चाडै नै फ्लोअरमा जाने तयारिमा छ । फिल्मिखबर सँगको भिडियो संवादमा हामिले अभिनेत्री ओसिमा र नायक हसन सँग मुस्लिम समुदायको कलाकार नेपाली फिल्मी क्षेत्रमा प्रवेशको सम्वन्धमा बुझ्न खोज्दा दुवैले आफुलाई धर्मको आधारमा परिचित गराउन भन्दा पनि नेपाली कलाकार बनेर चिनिन चाहेको बताएका छ्न । 
 
नेपाली फिल्मी क्षेत्रमा डेब्यु गर्दाको अनुभव सुनाउदै नायिका ओसिमाले भनिन्,' म निकै एक्साइटेड छु पहिलो फिल्म नै निकै राम्रो टिमसङ्ग काम गर्ने मौका पाएको छु । आफुले निकै मिहेनत गरेको र दर्शकले आफ्नु फिल्म मन पराउने मा बिस्वस्त रहेको  छु  ।' हसन र ओसिमा संग गारिएको रमाईलो कुराकानी भिडियोमा हेर्नसक्नुहुनेछ ।