मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.67/5.00)
Text size:-
+
-

लुट २ को 'ठमेल बजार' अफिसियल गीत रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/10/22
चर्चित फिल्म 'लुट २' को अफिसियल पहिलो गीत रिलिज भएको छ । सार्वजनिक ठेल बजार बोलको पार्टि गीत रिलिजको एक घण्टामै सामाजिक सञ्जालमा चर्चामा अघि आएको छ । धेरै फिल्मकर्मी तथा फिल्म शुभचिन्तकहरुले गीत सेयर गर्दै 'वाउ' लेखेका छन् । 
 
 
गीतमा आलिशा राईले नृत्य गरेकी छिन् भने उनिसँगै निर्देशक निश्चल बस्नेत, अभिनेता दयाहाङ राई लगायत समेत फिचरिङमा छन् । गीतले घुमाउरो पाराले ठमेल बजारको कहानी बोल्छ । 
 
गीतमा कालिप्रसाद बाँस्कोटाको संगीत छ भने स्वरमा पनि कालीलाई मीना निरौला र भानुभक्त ढकालले साथ दिएका छन् । कोरियोग्राफी विक्रम सवारको छ । 
 
फागुन १३ रिलिज हुने फिल्ममा दयासँगै सौगात मल्ल, विपिन कार्की, ऋचा शर्मा, कर्मा शाक्य, प्रविण खतिवडा, सुशिलराज पाण्डे लगायत अभिनयमा छन् ।