मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'जात्रा' निर्देशकलाई हरिवंशबाट नयाँ फिल्म उपहार

फिल्मीखबर, काठमाडौं, 2016/10/21
मह संचारमा लामो समय काम गर्दै चर्चित जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका अभिन्न अंग बनेका प्रदिप भट्टराईलाई लिर हरिवंशले नयाँ फिल्म बनाउने भएका छन् ।
 
यहि कार्तिक २६ रिलिज फिल्म 'जात्रा'बाट ठुलोपर्दाको एक्शन कटमा डेब्यू गरेका प्रदिपलाई लिएर फिल्म बनाउने घोषणा हरिवंशले गरेका हुन् । 
 
प्रदिपको फिल्म 'जात्रा'मा समावेश हुने एक गीतमा स्वर भर्दै हरिवंशले यो घोषणा गरे । मह संचारसँगको १२ बर्ष लामो सहकार्यमा प्रदिपको क्षमता र दक्षता नजिकबाट बुझेको भन्दै अब मह संचारबाट बन्ने फिल्म उनलाई नै जिम्मा दिईने भएको हो । 
 
फिल्म कहिले बन्ने र कलाकार को को रहने टुंगो छैन् । निर्माता, अभिनेता तथा गायक समेत रहेका हरिवंशले 'जात्रा'मा आफ्नै शब्दको गीत गाएका हुन् । उनको गीत केहि दिनमै सार्वजनिक गरिने बताईएको छ ।