मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

लभस्टोरी जनरामा 'रोमियो' घोषणा, निशाले हसनसँग जोडी बाँध्ने

फिल्मीखबर, काठमाडौं, 2016/10/20
निर्देशक परिवर्तन हुँदै फिल्म 'रोमियो' को औपचारिक निर्माण घोषणा भएको छ । एचआरके प्रोडक्शन हाउसको ब्यानरमा बन्ने फिल्मलाई सुरुमा पुराना निर्देशक नारायण पुरीले निर्देशन गर्ने भनिएता पनि निर्देशक परिवर्तन गर्दै शंकर कार्कीको एक्शन कट रहने गरी औपचारिक घोषणा गरिएको हो । 
 
 
बिहिबार राजधानीमा आयोजित कार्यक्रममा दुबै जना उपस्थित देखिए । पछिल्लो केहि महिनायता अमेरिकामा रहँदै आएका निर्देशक पुरी काठमाडौं आएको समयमा संयोगबस 'रोमियो' को कार्यक्रममा उपस्थित भएको बताईन्छ । पुरी अमेरिका बस्ने भएकै कारण निर्देशक परिवर्तन भएको बताईन्छ ।
 
 
फिल्ममा किरण घिमिरेको कथा समावेश हुनेछ भने रामेश्वर कार्कीको छायाँकन रहनेछ । लिड अभिनेतामा निर्माता समेत रहेका हसनराजा खान र अभिनेत्री निशा अधिकारी लिड रोलमा हुनेछन् भने अन्य कलाकारमा मेलिना मानन्धर, भानुप्रताप, ओसिमा बनु, अफिशा श्रेष्ठ, दिपक घिमिरे लगायत छन् । 
 
फिल्ममा एक्शन अष्ठ महर्जनको रहनेछ भने संगीत ताराप्रकाश लिम्बु, सुनिल पाण्डे, कुर्वान खानको रहनेछ । गम्भिर बिष्ट र विपेन मिक्की गुरुङको कोरियोग्राफी रहने फिल्मलाई सुरेन्द्र पौडेलले सम्पाउन गर्नेछन् । फिल्म आउँदो साताबाट फ्लोरमा जाने बताईएको छ ।
 
यसैबीच फिल्ममा समावेश हुने 'ल्याङ ल्याङ' बोलको गीतको  लिरिकल अडियो बिहिबार नै सार्वजनिक गरिएको छ । 
 
तश्विरः महेश्वरमान सिंह