मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धरानमा अन्तर्राष्ट्रिय फिल्म महोत्सव हुँदै, निशुल्क प्रवेशको अबसर

फिल्मीखबर, काठमाडौं, 2016/10/20
विभिन्न समयमा फिल्म उद्योग तथा फिल्मकर्मीको पक्षमा वर्कसप तथा अन्य उपयोगितमुलक कार्यक्रम गर्दै आएको अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । आउँदो पौष २७ देखि माघ २ सम्म चल्ने महोत्सव पुर्वि नेपालको धरानमा हुने आयोजकले बताएको छ । 
 
उक्त महोत्सवको लागी अनलाईन आवेदन खुला भईसकेको आयोजक संस्थाका अध्यक्ष केपि पाठकले बताए । दर्जन बढि देशका फिल्म समावेश अपेक्षा लिईएको फेस्टिभलको लागी आउँदो मंसिर १० गतेसम्मलाई आवेदनको समय तोकिएको छ । जहाँ सहभागी हुने कुनै पनि फिल्मको लागी प्रवेश शुल्क लाग्नेछैन् । 
 
महोत्सवमा सहभागी हुन चाहने फिल्मको लागी http://www.iffon.com.np/submit-film/ वेभसाईट मार्फत दर्ता प्रक्रिया चलिरहेको आयोजकले बताएको छ । नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरणको लागी तथा स्तरवृद्धिको लागी यो प्रकारको महोत्सवले टेवा पुग्ने अपेक्षा आयोजकले लिएको छ ।
 
महोत्सवमा भाग लिने फिल्महरुबीड राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छुट्याएर सोहि प्रकारको प्रतिस्पर्धा गराईने बताईएको छ भने फिचर फिल्म, वृत्तचित्र तथा छोटा फिल्मले आवश्यक मापदण्ड पुरा गरेको खण्डमा प्रतिस्पर्धामा भाग लिनसक्नेछन् ।
 
उक्त महोत्सवमा उत्कृष्ट हुनेहरुलाई अन्तर्राष्ट्रिय अवार्ड स्वरुप वेस्ट फिचर फिल्मका लागि एक लाख रुपैयाँ राशीको ‘गौतम बुद्ध फिल्म अवार्ड’, वेस्ट डकुमेन्ट्रीका लागि ५० हजार राशीको ‘सगरमाथा फिल्म अवार्ड’ र वेस्ट शर्ट फिल्मका लागि ३० हजार राशीको ‘रारा फिल्म अवार्ड’ रहेका छन्।
 
त्यस्तै राष्ट्रिय अवार्डहरुमा ५० हजार राशीको 'श्रीजंग अवार्ड', ३० हजार राशीको 'रामप्रसाद राई अवार्ड', र २० हजार राशीको 'चतुरमान राजवंशी अवार्ड' वितरण गरिने बताइएकोछ।
 
नेपाली चलचित्रको विकासका लागि प्रोत्साहन स्वरुप महोत्सवको आयोजना गरी पुरस्कृत गर्न खोजिएको उनले बताए । ‘हालसम्मका सम्पूर्ण चलचित्रसम्बन्धी कार्यक्रमहरु राजधानीमै हुने गरेका छन्,’अध्यक्ष पाठकले भने, ‘हामीले मोफसलमा महोत्सव गरेर संसारभरी कस्ता कस्ता चलचित्रहरु चल्ने रहेछन् भन्ने आम नेपालीले थाहा पाउन् भन्ने चाहान्छौं।’ उनले राजधानी बाहिर चलचित्र महोत्सव गर्दा नेपाली मौलिकताको खोजी गर्न सहयोग पुग्ने अपेक्षा समेत राखे ।
 
५० वर्ष बितिसकेको नेपाली चलचित्रको इतिहासमा आफ्नो मौलिकता भन्ने अझै प्रष्ट नभएको र मौलिकताको खोजी गर्ने सन्दर्भमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने संघको अपेक्षा रहेको छ।