मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निखिललाई 'एक्शन कट' भन्दै चार बर्षपछि निर्देशनमा फर्किए रामजी

फिल्मीखबर, काठमाडौं, 2016/10/20
करिब दर्जन बराबर फिल्म निर्देशन गरिसकेका निर्देशक रामजी लामिछाने पछिल्लो समय फिल्म निर्देशनमा भन्दा बढि नृत्य निर्देशनमा सकृय बने । सय बढि गीतमा नृत्य निर्देशन गरिसकेका रामजीलाई पछिल्लो समय फिल्म निर्देशकको भण्दा कोरियोग्राफरको ट्याग लागेको थियो । 
 
तर रामजी पुनः फिल्म निर्देशनमा फर्केका छन् । एक्शन स्टार निखिल उप्रेतीको होम प्रोडक्शन 'दि निखिल उप्रेती प्रोडक्शन'को ब्यानरमा घोषणा भई फ्लोरमा गएको फिल्म 'रुद्र'मा रामजीले एक्शन कट गरिरहेका छन् । फिल्मका लिड कलाकार निखिल नै हुन भने उनीसँगै विश्व शर्मा र सारा पनि लिडमा छन् । 
 
मुस्ताङमा 'रुद्र' छायाँकनमा व्यस्त निर्देशक लामिछानेले राम्रो प्रोजेक्ट पर्खेकै कारण निर्देशनमा फर्किन केहि ढिला भएको भए पनि आफुले पहिचानलाई नभुलेको बताए । दर्शकसामु सत्रिय अनि एउटा राम्रो फिल्म पस्किनु नै आफ्नो उद्देश्य अनि कर्तव्य रहेको उनको तर्क छ । 
 
मुस्ताङसँगै कर्णाली पुन, चितवन र काठमाडौंमा खिचिने फिल्म मार्फत अभिनेता निखिल पहिलो पटक खल नायकको रुपमा पर्दामा आउँदैछन् । एक्शन लभस्टोरी जनराको फिल्ममा हिमाल केसीले द्वन्द्व निर्देशन गरिरहेका छन् ।