वलिउडका सुपरस्टार अमिताभ बच्चन र शाहरुख खानलाई एक्शन कट गरेका चर्चित फिल्म 'भुतनाथ' निर्देशक विवेक शर्माको निर्देशन रहनेगरी नेपाली प्रोजेक्ट घोषणा भएको छ । निर्माता निर्देशक तथा अभिनेता रोज राणाको लगानी रहनेगरी विवेक शर्माले निर्देशक गर्ने फिल्म 'मेरो पैसा खै' प्रोजेक्ट घोषणा गरिएको हो ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रेदाअंश सिने आर्ट्सको व्यानरमा बन्ने गरी उक्त प्रोजेक्ट घोषणा भयो । कार्यक्रममा मिडियामाझ प्रस्तुत हुँदै निर्देशक शर्माले पैसाको कारण हरेक व्याक्तिको जीवनमा पर्ने प्रभावको कथा मुख्य विषय रहने खुलाए । कमेडी जनरामा बन्ने फिल्ममा कलाकार को रहने तय छैन् । अहिलेसम्म टिमको लागी द्वन्द्व निर्देशकमा चन्द्र पन्त मात्र अनुबन्ध छन् ।
पछिल्लो फिल्म 'जय परशुराम' निर्माता राणाले फिल्ममा रहने कलाकारमा आफ्नो कुनै हस्ताक्षेप नहुनेगरी निर्देशकलाई स्वतन्त्रता दिने बताए । यस्तै निर्देशक शर्माले पारिश्रमिक कति भन्ने प्रश्नमा पैसाको लागी काम नगरेको भन्दै सम्बन्धको आधारमा रोज राणासँग सहकार्यमा आएको दाबी गरे ।
मल्टिपल लोकेशनमा खिचिने भनिएको फिल्ममा नेपाल र भारत दुबैतिरका दृश्य समावेश हुनेछन् । भारतको मुम्बई तथा नेपालको मुस्ताङ, पोखरा, काठमाडौंमा फिल्म खिचिनेछ ।
यस्तै निर्देशक शर्माले फिल्म ११ भाषामा डबिङ भई भारत र नेपालमा एकसाथ प्रदर्शनमा ल्याउने बताएका छन् । उनका अनुसार फिल्म नेपालीसँगै हिन्दी, फ्रेञ्च, जर्मन, तामिल, अंग्रेजी लगायतका ११ भाषामा फिल्म डबिङ भई दर्शकमाझ आउने छ । फिल्म केहि महिनापछि फ्लोरमा जाने बताईएको छ ।
निर्देशक शर्मा पछिल्लो पटक बलिउड प्रोजेक्ट 'बुद्धम शरणम गच्छामी'को तयारीमा व्यस्त छन् । यो फिल्ममा सुपरस्टार अमिताभ बच्चन नै लिड अभिनयमा रहने बताईएको छ । शर्माले 'कल किस्ने देखा'नामको फिल्म पनि यसअघि नै निर्देशन गरिसकेका छन् भने वलिउडका माथी उल्लेखित दुई र अर्को 'लभ यू हमेशा' नामको फिल्मको उनी कथा लेखक पनि हुन् ।
तश्विरः बाबु सुरेश डिसी
वलिउड निर्देशक विवेक शर्माको बारेमा थप जान्न तलको लिङ्कमा जानुहोसः