मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखाले घोषणा गरिन् 'कसले चोर्यो मेरो मन फेरि', दशैंमा रेखा भर्सेज अनमोल

फिल्मीखबर, काठमाडौं, 2016/10/18
रामप्यारीपछि होम प्रोडक्शनलाई केहि विश्राम दिँदै बाहिरि ब्यानरमा काम सुरु गरेकी अभिनेत्री रेखा थापाले पुनः नयाँ फिल्म निर्माणको घोषणा गरेकी छिन् । रेखाले फिल्मको नाम जुराएकी छि्न 'कसले चोर्यो मेरो मन फेरि' । 
 
'कसले चोर्यो मेरो मन नाममा करिब ६ बर्ष पहिला फिल्म बनेर रिलिजमा आएको थियो  । आफै निर्मात्री समेत रहेर छबिराज प्रोडक्शनको सहकार्यमा बनेको उक्त फिल्मको नाम नै सापटी लिँदै अन्तिममा 'फेरी' जोडेर रेखा फिल्मस् ले नयाँ प्रोजेक्ट घोषणा गरेको हो ।
 
फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गर्ने समेत तय भएको रेखाले बताइन् । माघबाट फिल्म फ्लोरमा जाने र आउँदो दशैंमा रिलिज गर्ने समेत घोषणा गरिएको छ । जुन मितिमा युवा स्टार अनमोल केसीको फिल्म 'कृ' पनि रिलिज हुने यसअघि नै घोषणा गरिसकिएको छ । 
 
'कसले चोर्यो मेरो मन' मा अभिनेता आर्यनसँग रेखाले स्कृन सेयर गरेको भए पनि यो पटक आर्यन दोहोरिने छैनन् । फिल्मको लिड हभिनेताको लागी नयाँ अनुहार आउने पक्का भएको छ । जसको लागी नयाँ अनुहारको खोजी भईरहेको समेत बताईएको छ ।