Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ट्रेलरमा यस्तो छ अष्ट्रेलिया खिचिएको 'जंगबहादुरको कोट' (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/10/18
रिलिजको मिति तय गर्दै प्रचार थालेको फिल्म 'जंगबहादुरको कोट'को ट्रेलर सार्वजनिक भएको छ । धेरै दृश्य अष्ट्रेलिया तथा नेपालमा पनि खीचिएको फिल्मको सार्वजनिक ट्रेलरले प्रेम, रोमान्स तथा द्वन्द्वलाई जोडेको छ । 
 
 
जहाँ बर्षौ पुराना राणाकालिन शाशक जंगबहादुर राणाको कोटको बारेमा पनि चर्चा छ । फिल्मलाई आशिष भेटवालले निर्देशन गरेका छन् । कार्तिक २६ बाट अलनेपाल रिलिज हुँदैछ । 
 
विमलेश अधिकारी, अनुप बराल, आलोक कार्की, विश्व वस्नेत, सुचित्रा आचार्य, सुभाङ्गी कोईराला लगायतको लिड अभिनय रहेको फिल्ममा कालिप्रसाद बाँस्कोटा र विनोद घिमिरेको संगीत छ । द्वन्द्व निर्देशन भने अष्ट महर्जनले गरेका छन् ।
 
 दिर्घ खड्काले सम्पादन गरेको फिल्ममा लगानी भने प्रमोदकुमार खड्का र जयन्द्र खड्काको छ । फिल्मको कथा योगेन्द्र खड्काको हो ।
Most Visited News (monthly)