Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

संसारमा पोर्न फिल्म मात्रै अर्गानिकः निखिल उप्रेती

फिल्मीखबर, काठमाडौं, 2016/10/17
नेपालमा पछिल्लो समय हरेकजसो निर्माता निर्देशकले आफ्नो फिल्मलाई अर्गानिक भनेर प्रचार गर्ने थालेका छन् । अर्गानिक भन्ने अनि सोहि शब्दलाई शुद्ध नेपाली भनेर प्रचार पनि गरिन्छ । तर यो विषयमा स्टार अभिनेता निखिल उप्रेतीले भने फरक मत राखेका छन् । 
 
आफ्नै होम प्रोडक्शनमा 'रुद्र' नामको फिल्म निर्माण घोषणा कार्यक्रममा मिडियाकर्मीको तपाईंको फिल्म पनि कतै अर्गानिक त होईन भन्ने प्रश्नमा निखिलले जवाफ दिँदै संसारमा पोर्न फिल्ममात्रै अर्गानिक रहेको दाबी गरे । 
 
'संसारमा प्रकृति (नेचर) मात्रै अर्गानिक छ अरु सबै आर्टिफिसियल हो, मेरो फिल्म पनि आर्टिफिसियल हो, अर्गानिक भनेर प्रचार गर्नुछैन्', निखिलले भने । पोर्न फिल्म पुर्णतः निर्वस्त्र हुने भएको कारण त्यसलाई प्राकृतिक भन्दै सोहि प्रकारको पिक्चर मात्रै अर्गानिक हुने तर्क निखिलको थियो । 
 
निखिलले 'रुद्र'बाट दुई नयाँ अनुहार विश्व शर्मा र सारालाई डेब्यू दिँदै रामजी लामिछानेलाई निर्देशक लिएर काम थालेका छन् ।
 

Most Visited News (monthly)