मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

निखिल उप्रेती प्रोडक्शनबाट 'रुद्र' घोषणा, निखिल अब खलनायक !

फिल्मीखबर, काठमाडौं, 2016/10/17
अभिनेता, निर्माता तथा निर्देशक निखिल उप्रेतीको निजी व्यानर 'दि निखिल उप्रेती प्रोडक्शन'को तर्फबाट बन्ने गरी नयाँ फिल्म 'रुद्र' घोषणा भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच सोमबार निखिलले आफ्नै लगानी रहने गरी 'रुद्र' घोषणा गरे । 
 
 
फिल्ममा निखिल खल नायकको भुमिकामा रहनेछन् भने लिड अभिनेतामा नयाँ अनुहार मोडल विश्व शर्मालाई उनले 'रुद्र' बाट डेब्यू दिँदैछन् । यस्तै अभिनेत्रीमा पनि युके बस्दै आएकी चार्टर्ड अकाउण्टेनकी विधार्थी साराले यसै फिल्मबाट डेब्यू गर्ने भएकी छिन् । निखिलले आफुलाई खलपात्रहरु मन पर्ने भन्दै पहिलो पटक भिलियन बन्न लागेकोमा खुशी पोखे । 
 
 
रामजी लामिछानेको निर्देशन रहने फिल्मको निर्माण घोषणा कार्यक्रममा कलाकारहरु पनि मिडियामाझ सार्वजनिक भए । फिल्म सोमबार बाटै फ्लोरमा जाँदैछ । जसको लागी निर्माण टिम मुस्ताङ प्रस्थान गरिसकेको छ । 
 
फिल्ममा मुस्ताङको जोमसोमसँगै कर्णाली, कोहलपुर र नारायणगढका दृश्यहरु समावेश हुने निखिलले बताए । एक्शन लभस्टोरी जनरामा फिल्म बन्न लागेको निर्देशक लामिछानेले बताए । 
 
फिल्मका निखिल, विश्व र सारासँगै रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे लगायतको अभिनय रहनेछ ।  हिमाल केसीको द्वन्द्व रहने फिल्ममा मुख्य सहायक निर्देशकमा रामशरण पाठक छन् । 
 
सौरभ लामाले खिच्ने फिल्मलाई गोपाल कायस्थले वितरण गर्नेछन् । फिल्म अर्को बर्षको श्रावणमा प्रदर्शनमा आउने बताईएको छ । फिल्मको प्रोडक्शन डिजाईनरमा मिलन लामा छन् भने सम्पादकको जिम्मेवारी वनिस शाहले लिँदैछन् ।